MENU

समाज

Ncell Axiata
NIC Asia

​सप्तरीमा कठयाङ्गिएर थप दुई जनाको मृत्यु

शुभ नारायण यादव/उज्यालाे ।

सप्तरी, पुस १८– गएको केही दिन यता सप्तरीसहित तराई मधेशका जिल्लाहरुमा एकाएक बढेको अत्यधिक चिसो र शीतलहरका कारणले सर्वसाधारणहरुको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारणले विशेषगरी मजदुरी गर्नेहरुलाई निकै समस्या भएको छ ।

अत्यधिक चिसोका कारणले सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर–१, मा अत्यधिक चिसोका कारणले दुई जना मजदुरको कठयाङ्गिएर मृत्यु भएको हो । अत्यधिक चिसोका कारण रिक्सा चलाउने स्थानीय रामदयाल रामको कठयाङ्गिएर मृत्यु भएको बरही वीरपुरका वडाअध्यक्ष बिनोदकुमार यादवले जानकारी दिनुभयो ।

यसअघि त्यसै वडाका कुलदीप रायको समेत कठयाङ्गिएर मृत्यु भएको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो । बाक्लो हुस्सु र शीतलहरका कारणले तराईका जिल्लाहरुको जनजीवन अहिले निकै कष्टकटर बनेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया