MENU

राजनीति

ujyaalo forign call inside

​राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने सरकारको तयारी

काठमाडौं, पुस १८ –सरकारले राष्ट्रियसभाको चुनाव माघ २५ गते गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवसँगको भेटमा सरकारले माघ २५ गते चुनाव गर्ने तयारी गरेको जानकारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रमुख आयुक्त यादवले राष्ट्रियसभाको चुनावका लागि आउँदो माघ २५ गते उपयुक्त हुने परामर्श प्रधानमन्त्रीलाई दिनुभएको छ । 

भेटका अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्श अनुसार नै आगामी मन्त्रिपरिषद्को बैठकबाट २०७४ माघ २५ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा हुने जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्याल पनि सहभागी हुनुहुन्थ्यो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया