MENU

राजनीति

Ncell Axiata
NIC Asia

सरकार गठन अघि नै पार्टी एकता : माओवादी

काठमाडौं, पुस १८ – नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठन अघि नै एमालेसँग पार्टी एकता गर्नुपर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले सम्मानजनक रुपमा नेतृत्व र सैद्धान्तिक विषयलाई टुंग्याउने निर्णय गर्दै पार्टी एकताको विषयमा जोड दिएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मुख्य नेतृत्वको विषयमा कुरा मिलिनसेको र पार्टीको नेतृत्व आफूले पाउनु पर्ने पक्षमा अडान रहेको जानकारी गराउनुभएको थियो ।

माओवादी केन्द्रको बैठकले एकता प्रक्रियालाई तीव्रता दिँदै सरकार बन्ने बेलासम्मको समयलाई सदुपयोग गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको तर पछिल्ला तीन दिनदेखि अध्यक्ष ओली अस्वस्थ भएका कारण ठोस निष्कर्षमा पुगिनसकिएको जानकारी नेताहरुलाई गराउनुभएको छ । बैठकमा अध्यक्ष प्रचण्डले ओली प्रधानमन्त्री र एकीकृत पार्टीको नेतृत्व आफूहरुले पाउनुपर्ने अडानसाथ कुरा भइरहेको ब्रिफिङ गर्नुभएको नेता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

पार्टी एकताका लागि ओली र दाहालको पदीय जिम्मेवारी टुंगिएपछि बाँकी नेताहरुको जिम्मेवारी र सैद्धान्तिक पक्षलाई टुंग्याउन कार्यदल गठन गरिने भएको छ । मंगलबारको बैठकबाटै माओवादीले कार्यदललाई अनुमोदन गर्ने तयारी गरेपनि ओली विरामी भएकाले केही विषयमा छलफल बाँकी रहेको भन्दै पर सारिएको छ । असोज १७ गते भएको ६ बुँदे सहमति र चुनावी घोषणापत्रलाई आधारमा मानेर सैद्धान्तिक विषय टुंग्याउने निष्कर्षमा दुवै पार्टी पुगेको नेता शर्माले बताउनुभयोे ।

एमालेले पनि एकताका लागि आन्तरिक गृहकार्य तीव्र बनाएको छ । अध्यक्ष ओलीको प्रत्यक्ष निर्देशन र सल्लाहमा दोस्रा तहका नेताहरुले सरकार र पार्टीको नेतृत्व, सैद्धान्तिक पक्ष र संगठनात्क ढाँचाबारे छलफल गरिरहेका छन् । पार्टी एकता नागरिकबाटै अनुमोदन भइसकेकाले माओवादीलाई सम्मानजनक स्थन दिएर अघि बढ्न आफूहरु तयार रहेको सचिव योगेश भट्टराई बताउनुहुन्छ । 

एउटै घोषणापत्र बनाएर चुनाव लडेका एमाले र माओवादीले चुनावी परिणामसंगै सरकार गठन र पार्टी एकताको कुरालाई अघि बढाएका छन् । तर एमाले पहिले सरकारको विषयलाई टुंग्याइहाल्ने हतारोमा देखिन्छ भने माओवादी केन्द्र पार्टी एकताको कुरालाई पनि गति दिनुपर्ने कुरामा बढी केन्द्रित देखिन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया