MENU

खेल

Ncell Axiata

टोटनह्यामले गर्‍यो आर्सनललाई ओभरटेक

पुस १९ – आर्सनललाई पछि पार्दै टोटनह्याम इंग्लिस प्रिमियर लिग फुटबलको पाँचौँ स्थानमा उक्लिएको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा स्वान्सी सिटीलाई २–० ले हराएर टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको हो । अवे मैदानमा भएको खेलमा टोटनह्यामलाई जिताउन फर्नान्डो लोरेन्ट र डेल अलीले गोल गरे । १२ औँ मिनेटमा लोरेन्टको गोलबाट पहिलो हाफमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले १–० को अग्रता लियो । ८९ औँ मिनेटमा अलीले गोल गरेपछि टोटनह्याम २–० ले विजयी भयो । जितपछि पाँचौँ स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४० अंक भएको छ । ३८ अंक रहेको आर्सनल छैटौँ स्थानमा झरेको छ । अरु खेलमा वेष्ट ह्यामले वेष्ट ब्रोम तथा क्रिष्टिल प्यालेसले साउथह्याम्पटनलाई समान २–१ ले हरायो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया