MENU

खेल

ujyaalo forign call inside

३८ सेकेण्डमै गोल, जितको यात्रामा फर्कियो म्यानचेस्टर सिटी

पुस १९ – इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा वाट्फोर्डलाई ३–१ ले हराएको हो । लगातार १८ खेल जितेपछि दुई दिनअघि म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको थियो । तर उसले फेरि जितको लय समातेको छ । वाट्फोर्डसँगको खेलमा म्यानचेस्टर सिटीको जितमा रहिम स्ट्रर्लिङ, क्रिष्टियन काबासेली (आत्मघाती) र सर्जियो अग्युरोले गोल गरे । वाट्फोर्डका लागि एण्ड्री ग्रेले एक गोल फर्काए । स्ट्रर्लिङले खेल सुरु भएको ३८ औँ मिनेटमा नै गोल गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई सुरुवाति अग्रता दिलाए । १३ औँ मिनेटमा वाट्फोर्डका काबासेलीले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर बन्यो । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीका लागि अग्युरोले ६३ औँ मिनेटमा गोल गर्दै ३–० को अग्रता दिलाए । वाट्फोर्डका लागि ८२ औँ मिनेटमा ग्रेले एक गोल फर्काए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २२ खेलबाट ६२ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया