MENU

समाज

Ncell Axiata
NIC Asia

ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

दाङ, पुस १९ – दाङको देउखुरीमा मंगलबार राति भएको दुर्घटना एकजनाको ज्यान गएको  छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका–८ पिपरीमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा रुपन्देहीका २२ वर्षीय शम्भु चौधरीको ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

रा १ त १४०२ नम्बरको ट्रयाक्टरमा लु २४ प ८८२४ नम्बरको मोटरसाइकल ठोक्किन पुगेको प्रहरीले जनाएको छ । लमहीबाट भालुवाङका लागि छुटेको ट्रयाक्टरमा पछाडिबाट मोटरसाइकल ठोक्किन पुगेको हो । दुर्घटनामा घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा राति ज्यान गएको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया