MENU

अर्थ

वडा सचिवको नाममा दुई करोड बेरुजु, वडा सचिव सम्पर्क बिहीन

गोरखा, पुस १९ – गोरखाको साविक हंशपुर र मुच्चोक गाविसका सचिव दीपकबहादुर दर्जीको नाममा दुई करोड रुपैयाँभन्दा बढी रकम बेरुजु देखिएको छ ।

गाविसको नाममा रहेको बैंक खाताबाट रकम झिकेको भए पनि दर्जीले सामाजिक सुरक्षा भत्तालगायत रकम गाउँमा वितरण नगरेको देखिएको हो । आर्थिक वर्ष २०७२/०७३ र २०७३/०७४ मा वडासचिव दर्जीले भुक्तानी गरेको रकमका बिल तथा भरपाइहरु महालेखा परीक्षकको कार्यालय काठमाडौंले लेखा परीक्षणका क्रममा फेला नपारेपछि सचिव दर्जीको नाममा बेरुजु देखिएको हो ।

हंशपुरका वडाध्यक्षसँग तीन दिनको घरबिदा लिएका सचिव दर्जी पाँच महिना हुँदासमेत कार्यालय फर्किनु भएको छैन । दर्जी गएको साउन ३ गते कार्यालयबाट घरबिदामा जानुभएको थियो । 

स्याङ्जाको साबिक रापाकोट गाविस–२ खेवाङ घर भएका दर्जीको दरबन्दी इलाका हुलाक कार्यालय सौरपानी गोरखामा थियो । २०७० पुस १९ गते खरिदार पदमा नियुक्त भएका दर्जी हुलाक सेवामा कार्यरत रहँदै गर्दा मुच्चोक र हंशपुर गाविस हेर्नेगरी सचिवको जिम्मेवारी दिइएको थियो । 

स्थानीय विकास अधिकारी नारायण आचार्यले वडासचिव दर्जीको नाममा बेरुजु देखा परेकाले खोजी गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्राचार गरेर सम्पर्कमा आउन भनेका थियौँ, तर उहाँ सम्पर्कमा आउनुभएन, अब प्रहरी लगाएर भए पनि खोजी गर्छौँ ।” रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया