MENU

खेल

नेइमारको ब्रुनासँग प्याच–अप

पुस १९ – फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का स्टार स्ट्राइकर नेइमारको प्रेमिकासँग प्याच–अप (पुनर्मिलन) भएको छ । नेइमार र उनकी लामो समयदेखिकी प्रेमिका ब्रुना मार्केजिनबिच गएको जुनमा ब्रेक–अप (विछोड) भएको थियो ।

तर नयाँ वर्षको अवसरमा उनीहरुबिच प्याच–अप भएको देखिएको छ । विश्वका कीर्तिमानी महंगा खेलाडी नेइमारले ब्रुनासँगको अतरंग तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै आफूहरु फेरि एक भएको जनाएका हुन् ।

पाँचवर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको सम्बन्धमा बेला बेला टकराव आउने गरेको छ । गएको जुनमा भएको ब्रेक–अप पाँच वर्षको अवधिमा तेस्रो थियो । नेइमारले विवाहका लागि दबाब दिएकाले ब्रेक–अप भएको अनुमान गरिएको थियो । तर अहिले दुवै सँगै आएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया