MENU

समाज

Ncell Axiata
NIC Asia

हुम्ला : रुघा खोकीले एक हप्तामा ६ जनाको मृत्यु

रमेश ऐडी/उज्यालो । 

हुम्ला, पुस १९ – हुम्ला जिल्लाको विभिन्न गाउँमा फैलिएको रुघा खोकीले ६ जनाको ज्यान गएको भएको छ । तााजाकोट गाउँपालिकामा दुई र सर्केगाढ गाउँपालिकामा  चारजना गरी पछिल्लो एक हप्तामा ६ जनाको ज्यान गएको हो ।

बढेको चिसो र  धुँवाधुलोले रुघा खोकी लागेर बृद्धबृद्धासहित जवानको पनि ज्यान गएको हो ।  रुघा खोकी लाग्ने, ज्वरो आउने, हात खुट्टा लगातका शरीरिरका अंग दुख्ने लक्षण देखिने बिरामी गाउँमा बढेको स्थानीय बासिन्दाले जनाएका छन् । 

ज्यान गुमाउनेमा ताजाकोट गाउँपालिका–५ की ८० वर्षिया नन्दकली नेपाली र २५ वर्षकी रन्देवी नेपाली रहेका छन् । यस्तै सर्केगाढ गाउँपालिका–७  रोडीकोटगाउँमा चारजनाको ज्यान गएको छ ।  ९१ वर्षका भ्याले कार्की, ९२ वर्षका खैरे शाही, ८८ वर्षका गोरे जैशी र शंकर रोकायाको ज्यान गएको स्थानीय बासिन्दा राजबहादुर बुढाले बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया