MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

किमलाई ट्रम्पको जवाफ : मसँग तिमीसँग भन्दा ठूलो र शक्तिशाली परमाणुको स्वीच छ

पुस १९ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भन्दा आफूसँग ठूलो र शक्तिशाली परमाणु बमको स्वीच रहेको बताउनुभएको छ ।

उत्तर कोरियाका नेता किमले सोमबार नयाँ वर्षको शुभकामना दिने क्रममा परमाणु  बमको स्वीच आफ्नो डेस्कमा रहेको बताउनुभएको थियो ।

नेता किमले परमाणु बमको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने र पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको भन्दै चेतावनी दिनुभएको थियो ।  

परमाणु परीक्षणको स्वीच मेरो डेस्कमा छ : किम जोङ–उन

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भनाईको जवाफ बुधबार ट्वीट मार्फत दिनुभएको हो । उहाँले ट्वीट मार्फत किमसँग भएको भन्दा ठूलो र शक्तिशाली परमाणु बटन आफूसँग रहेको भन्दै उत्तर कोरियालाई चेतावनी दिनुभएको हो ।

ट्रम्पले पछिल्लो समय व्यक्तिगत तथा देशलाई निशाना बनाएर ट्वीट गर्ने गर्नुभएको छ । पाकिस्तान, प्यालेस्टाइन र अहिले आएर उत्तर कोरियाका नेतालाई लक्षित गरी ट्वीट गर्नुभएको हो । ट्रम्पले चेतावनी दिए पनि धेरै राष्ट्रपतिले ट्वीटमा दिने गरेका चेतावनी र समेट्ने गरेका विषयवस्तुका बारेमा असन्तुष्टि जनाएका छन् ।

विश्वका नेताले परमाणु हतियारलाई निकै हलुका रुपमा लिएको भन्दै धेरैले आलोचना गरेका छन् । तर ट्रम्पका समर्थक भने उहाँको पक्षमा उभिएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया