MENU

मनोरञ्जन

Ncell Axiata
NIC Asia

​शाहरुखको ‘जीरो’ को टिजरमा मा पाँच गल्ती, तपाईँले नोटिस गर्नुभयो ?

पुस १९ –सुपरस्टार शाहरुख खानको आगामी चलचित्र ‘जीरो’ को टिजर सार्वजनिक भएको छ ।

यसलाई युट्युबमा राम्रो प्रतिक्रिया पनि प्राप्त भएको छ । आनन्द एल रायद्वारा निर्देशित यस चलचित्रमा शाहरुख होचो व्यक्तिको भूमिकामा देखिएका छन् । चलचित्रमा भिएफएक्सको निकै नै प्रयोग गरिएको छ । प्रविधिले नै शाहरुखलाई होचो बनाउन सघाएको छ । 

शाहरुख खानले आफूभित्रको कला भरपूर रुपमा देखाउन खोजेको भए पनि धेरै कुरा प्रविधिमा भर परेका छन् । सन् १९८९ मा रिलिज भएको कमल हसनको चलचित्र ‘अप्पू राजा’ होचा मानिसको जीवन कथा बुझ्नका लागि उत्तम चलचित्र हो । कमल हसन कतिपय दृश्यमा घुँडाले टेकेर अभिनय गरेका थिए । जसले गर्दा उनको अभिनय जीवन्त लागेको थियो । तर शाहरुखको चलचित्रमा अभिनयभन्दा पनि ग्राफिक्सले काम गरेको छ । टिजरमा जस्तै चलचित्रमा पनि हुने हो भने यसलाई दर्शकले कमै मन पराउनेछन् । 

सार्वजनिक भएको टिजरमा हेर्ने हो भने पाँचवटा कुरा थकथक लाग्ने खालका छन् । 

१. टिजरमा जब शाहरुख इन्ट्री गर्छन्, उनले आफ्नो चप्पाल हावामा उडाउँछन् तर उनी नजिकै उभिएकी विदेशी युवतीले जमिनमा हेर्छिन् । यसको मतलब चलचित्रको इफेक्ट्समा केही न केही गडबडी रहेको छ । 

२.यसमा कतै पनि शाहरुख खान वास्तवमै होचा व्यक्ति हुन् जस्तो लाग्दैन । यस्तो लाग्छ खिचिएको दृश्यमै ग्राफिक्सको सहायताले उनलाई होचो देखाइएको छ । 

३. टिजरको धेरै ठाउँमा कुनै बच्चाको शरीरमा शाहरुख खानको टाउको जोडिदिएको जस्तो लाग्दछ । 

४. जसरी दर्शक शाहरुखलाई हेर्छन्, त्यसमा पनि धेरै कुरा बनावटी लाग्दछ । यी दृश्य पनि ग्राफिक्सकै कमाल हो भन्ने कुरा दर्शकले सहजै थाहा पाउँदछन् । 

५. कालो गाउनमा एक युवती उभिएको दृश्य छ । उनले पहिले नै पोज दिएर बेकी छिन् । यसले यो थाहा हुन्छ कि शाहरुख आएर उनलाई जिस्काउँछन् । 

यदि यस्तै ग्राफिक्स प्रयोग गरेर पूरै चलचित्र बनाउने हो भने निर्माण पक्षलाई ठूलो चुनौती देखा पर्नेछ । होचा व्यक्तिको जीवनलाई लिएर चलचित्र बनाउने कुरालाई प्राविधिक रुपमा निकै संवेदनशील विषय मानिन्छ । टिजर जस्तै चलचित्र बन्ने हो भने यो चलचित्र एउटा सस्तो कमेडी मात्रै बन्नेछ । 

-खबर एनडीटीभीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया