MENU

समाज

तरकारी खेतीबाट वार्षिक ४५ लाख आम्दानी

पर्वत, पुस १९ – प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् । 

कुश्मा नगरपालिका ३ आम्बोटमा ५ वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक ४५ लाख रुपैयाँ आम्दानी गर्नुभएकाे छ । १५ रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गएकाे वर्ष ३५ लाख आम्दानी गर्नुभएकाे थियाे । यस वर्ष उहाँले ४५ लाख आम्दानी गर्नुभयाे । उहाँले जैविक प्रणालीबाट तरकारी खेती गर्दै आउनुभएको छ । 

टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायवाट हरिजनले आम्दानी गर्नुभएको हो । 

फार्ममा गोलभेँडासँगै काँक्रा, घिराैँला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गर्ने गरेको बताउनुभयो ।

हरिजनले नयाँ प्रविधि भित्र्याएर तरकारी खेती गर्दै आउनुभएको छ । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भित्र्याएर सफल परीक्षणसमेत गर्नुभएको छ । 

व्यावसायिक कृषिमा जमेका कुश्माका हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’को सफल परीक्षण गर्नुभएको हो । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गएकाे असोजमा सुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’को खेती सफल भएको हो । 

युवा पुस्ता लागि लोकप्रिय प्रविधिका रुपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ माध्यम खोजिरहेका बेला कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिन प्रतिदिन बढ्दो छ । 

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको फार्ममा उत्पादित वस्तुहरु ढुवानीमा कुनै समस्या छैन । उहाँको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले २० लाख सहयोग गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया