MENU

समाज

ujyaalo forign call inside

​आन्दोलकारीले मोटरसाइकल जलाए

विमल विष्ट/उज्यालो ।

डोटी, पुस १९ –प्रदेश नम्बर ७ को राजधानी दिपायल हुनु पर्ने माग गर्दै सडकमा उत्रिएको आन्दोलनकारीको एक समूहले डोटीमा एक मोटरसाइकलमा आगजनी गरेको छ । 

आन्दोलनकारीको समूहले डोटीमा यातायात बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सदरमुकाम सिलगढीमा एउटा मोटरसाइकलमा आगजनी गरेको हो । आगजनी बाट मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

आगजनीबाट जलेको मोटरसाइकलको नम्बर भने नखुलेको प्रहरीले जनाएको छ । राजधानी दिपायल हुनु पर्ने माग गर्दै जिल्ला सदरमुकाम सिलगढी पनि बुधबार बिहानैदेखि ठप्प गरिएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया