MENU

राजनीति

Ncell Axiata
NIC Asia

​राजधानी माग गर्दै धनकुटामा आम हड्ताल र गाडी तोडफोड

सिद्धराज राई/उज्यालो ।

धनकुटा, पुस १९ –प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरलाई तोक्ने सरकारी तयारीको विरुद्ध धनकुटाबासीले बुधबार आम हड्ताल गरी तीनवटा गाडी तोडफोड गरेका छन् ।

कोशी पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आम हड्ताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने बताईएको छ । धनकुटाको जिरो प्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै ढुकेर यातायात बन्द गराएका हुन् ।

आन्दोलनकारीले काठमाडौंबाट भोजपुर हिँडेको ना१ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको को१झ १६९ नम्बरको र  मोरङ कारागारको को१झ ४८३ नम्बरको गाडी तोडफोड गरेका छन् । गाडी सिसा फुटाए पनि तत्काल प्रहरी पुगेकाले थप क्षती हुनबाट जोगिएको छ ।

त्यस्तै आन्दोलनकारीले सयौं मोटरसाइकल र ३ दर्जन भन्दा बढी गाडीलाई रोकेर राखेका थिए । गाडी रोकिएपछि सयौं व्यक्तिहरु सडकमा अलपत्र परेका थिए । 
बजारमा माइकिङ गरेर बजार र यातायात बन्द गराएका हुन् । धेरै पसल स्वस्फुर्त रुपमा आन्दोलनमा एैक्यबद्धता जनाउदै बन्द भए भने केही पसल आन्दोलनकारीले बन्द गराएकाको प्रहरीले बताएको छ ।

त्यसैगरी राजधानी प्राप्ति आन्दोलन सघर्ष समितिले ५ बजे पछि राति१२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ । जिरो प्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै बिहीबारदेखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया