MENU

राजनीति

Ncell Axiata
NIC Asia

पूर्व राजाले भने : देशको अवस्था ठिकै छ, अहिले म केही भन्न चाहन्न

नवराज पनेरु/उज्यालाे ।

कैलाली, पुस १८ –केही समयदेखि मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा रहनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह कैलाली पुग्नुभएको छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहले धनगढीको उत्तरबेहडीमा रहेको शिवपुरी धाममा रहेको १०८ फिट अग्लो उत्तररामेश्वरम ज्योर्तिलिंगको दर्शन गर्नुभएको छ । 
धामको दर्शन गर्दै उहाँले त्यहाँ रहेको शिव मन्दिरमा पूजाआजा गर्नुभएको छ  । बिहीबार बिहान नेपालगञ्जबाट मोटर चढेर आउनुभएका पूर्व राजा ज्ञानेन्द्रले झण्डै ४५ मिनेट शिवपुरी धाममा पूजाआजा गर्नुभएको हो ।

पूजा सकेर पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्व राजा ज्ञानेन्द्रले शिवपुरी धाममा बनेका धार्मिक संरचनाको प्रंशसा गर्नुभएको छ । उहाँले आफूलाई शिवपुरीको दर्शनका लागि आमन्त्रण गरिएकोमा व्यवस्थापकहरुलाई धन्ववाद समेत दिनुभयो । मुलुकको समसामयिक विषयमा पत्रकारहरुले सोधेको प्रश्नमा भने उहाँले कुनै टिप्पणी गर्न चाहनुभएन ।

देशको अहिलेको अवस्थाप्रति तपाईँको भनाई के छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्व राजा शाहले मुस्कुराउँदै भन्नुभयो, ‘देशको अवस्था ठिकै छ, म यो बारेमा अहिले केही भन्न चाहन्न ।’ पूर्व राजाको स्वागतका लागि गाउँ गाउँबाट ठूलो संख्यामा समर्थकहरु आएका थिए  । पूर्व राजाले सडकमा लामबद्ध भएका समर्थकहरुबाट पुष्पगुच्छा ग्रहण गर्दा भिड नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे परेको थियो  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया