MENU

समाज

Ncell Axiata
NIC Asia

​सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जना पक्राउ

बारा, पुस १९– बारामा प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१८, सुखचैनाका  २१ वर्षका संजय राम, वीरगञ्ज महानगरपालिका–२१, ताजपुरका २१ वर्षका अफताब आलम र भारत मोतिहारी पलनवा थाना लक्ष्मीपुरका २२ वर्षका कमलेश यादवलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका तीनै जना विरुद्ध ठगी मुद्दा अन्र्तगत कारवाही अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताउनुभयो ।  अभियुक्तलाई बुधबार नै जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया