राजनीति
वाम गठबन्धन फुटाउने सपना नदेख्न कांग्रेसलाई नेपालको चेतावनी
- Wednesday, Jan 03, 2018
- 18:04 PM ( 4 months ago )
- Total Views: 1.5 K
काठमाडौं, पुस १८ –नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले र माओवादीबीच पार्टी एकता भएरै छाड्ने दाबी गर्नुभएको छ ।
बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताउनुभयो ।
८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य २ सय जना, पोलिटब्यूरो सदस्य २१ भएको उदाहरण दिँदै उनले नेपालमा पनि सानो कमिटि बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने नेपालले बताउनुभयो ।
भियतनामको कम्युनिष्ट पार्टीको समेत उदाहरण दिँदै नेपालले भन्नुभयो, ‘पदका लागि मारामार गर्ने होइन । संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ । त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।’
नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उहाँले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने पनि दाबी गर्नुभयो ।
एमाले र माओवादीबीच लडाई होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न नेपालले सुझाव दिनुभयो । उहाँले वाम एकतालाई फुटाएर कांग्रेसले सरकारमा जाने दिवा सपना देखेको आरोप लगाउनुभयो ।
चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उहाँको भनाई थियो । ‘अनावश्यक प्रचार र दवाव सृजना गरेर केही हुँदैन । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन’ नेपालले भन्नुभयो, ‘दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।’
सम्बन्धित सामग्रीहरु
-
‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
भक्तपुर, वैशाख ८ – मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि शनिबार सांघातिक आक्रमण भएको छ ।
-
एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
काठमाडौं, वैशाख ८ – नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाउनुभएको छ ।
-
केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे चीनसँग छलफल
काठमाडौं, वैशाख ८ – नेपाल र चीनबीच केरुङबाट काठमाडौं हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउनेबारे छलफल भएको छ ।
-
संगीतकार र कलाकारलाई रोयल्टी दिलाउन सहयोग गर्छु : प्रचण्ड
काठमाडौं, वैशाख ८ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संगीतकार र कलाकारले रोयल्टी दिलाउन सहयोग गर्ने बताउनुभएको छ ।
-
मोदी वैशाख अन्तिम हप्ता नेपाल आउने !
काठमाडौं, वैशाख ७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम हप्ता नेपालको भ्रमण गर्ने सम्भावना बढेको छ ।
-
डोटी जीप दुर्घटना (अपडेट) : घाइतेमध्ये ४ जनालाई नेपालगञ्ज रिफर गरियो
डोटी, वैशाख ८ – डोटीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
- ‘मेयर साब’ भन्दै बोलाएर श्रेष्ठमाथि सांघातिक आक्रमण
- राति ११ बजेसम्म काठमाडौंमा पर्यटक हिँड्ने वातावरण बनाइनुपर्छ : मन्त्री अधिकारी
- दक्षिण एसियाली जुडो च्याम्पियनसिप : नेपालले जित्यो एक स्वर्ण, चार स्वर्णसहित भारत अग्रस्थानमा
- आईपीएल : कोलकाताले पञ्जाबलाई दियो १९२ रनको टार्गेट
- संकटालाई हराउँदै सिक्किम युनाइटेड क्वार्टरफाइनलमा
- उद्दारलाई प्राथमिकता, गलत काम गर्नेलाई कानुनी उपचार : नेपाली दूतावास युएई
- डोटीमा जीप दुर्घटना : ३ को मृत्यु, १६ जना गम्भीर घाइते
- एक कोसा केराको मूल्य एक लाख ३६ हजार !
- एमाले–माओवादीबीच एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेका छन् : बडाल
प्रतिक्रिया दिनुहोस