MENU

समाज

समिट एयरले काठमाडौं तुलसीपुर सीधा उडान गर्ने

दाङ, पुस १९ –पुस २३ गतेबाट तुलसीपुरमा रहेको विमानस्थलबाट जहाज सञ्चालनमा आउने भएको छ । आइतबारदेखि हप्तामा दुई दिन समिट एयरले उडान सुरु गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

मेयर पाण्डेका अनुसार दाङको तुलसीपुरबाट बिहान ११ बजे र काठमाडौंबाट दिउँसो साढे १ बजे उडान हुने बताइएको छ । त्यसका लागि प्राविधिक सबै काम पूरा भएको प्रमुख पाण्डेले जानकारी दिनुभएको छ ।

साप्ताहिक रुपमा आइतबार र शुक्रबार जहाज सञ्चालन हुने बताइएको छ । तत्कालका लागि छ हजार छ सय रुपैयाँदेखि सात हजारसम्म टिकटको व्यवस्था गरिएको छ । यसअघि दाङबाट हवाइ सेवा नहुँदा नेपालगञ्ज र भैरहवा जानुपर्ने बाध्यता रहेको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया