MENU

समाज

ujyaalo forign call inside

​जाडोमा धुर्मुसले बाँडे न्यानो कपडा

धनुषा, पुस १९ –समाजसेवी तथा हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुसले जनकपुर उपमहानगरपालिका–१, धर्मवान टोलको दलित बस्ती र जनकपुरको कविर अनाथ बाल आश्रममा न्यानो कपडा वितरण गर्नुभएको छ ।

चिसोसँगै चलेको शीतलहरले कठ्याङ्ग्रिन बाध्य धर्मवान टोलका ८० घरपरिवारलाई बुधबार बिहान उहाँले न्यानो ब्लाङ्केट घर घरमा पुगेर वितरण गर्नुभएको हो ।
गएको असारमा आएको बाढीले डुवानमा परेर दर्जनौँ परिवार विस्थापित भएका थिए । त्यसबेला पनि समाजसेवी तथा कलाकार कट्टेल धुर्मुस सुन्तली फाउण्डेसनबाट जनकपुर आएर त्यस बस्तीमा बाढी प्रभावित परिवारहरुलाई खाद्यान्न त्रिपाललगायतका सामग्री वितरण गर्नुभएको थियो ।

डुवानको बेला यस बस्तीमा आएर राहत वितरण गरेको र सञ्चारमाध्यमबाट पनि जाडोमा यस बस्तीका बालबालिकादेखि वृद्धसम्म कठ्यांग्रिनु परेको जानकारी पाएपछि न्यानो वितरण गर्न आएको कलाकार एवं समाजसेवी कट्टेलको भनाई छ । त्यसै क्रममा कलाकार कट्टेलले जनकपुर उपमहानगरपालिका–८, मा रहेको कविर अनाथ बाल आश्रममासमेत न्यानो वितरण गर्नुभएको छ ।

आश्रममा रहेका १० बालबालिकाका लागि २० वटा न्यानो ब्लाङ्केट उहाँले आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गर्नुभएको छ । पत्रकार शैलेन्द्र क्रान्ति र सन्तोष सिंहको समन्वयमा उहाँले न्यानो वितरण गर्नुभएको हो ।

चिसो बढेसंँगै चार दिनदेखि निरन्तर दलित तथा विपन्न बस्तीमा पुगेर न्यानो वितरण गरिरहेको बताउँदै कलाकार तथा समाजसेवी कट्टेलले हालसम्म बारा, रौतहट र धनुषाको विभिन्न स्थानमा दलित बस्तीमा पुगेर सयौँ घरपरिवारलाई १५ सय न्यानो ब्लाङ्केट वितरण गरिसकेको जानकारी दिनुभयो ।

फाउण्डेशनलाई एन.आर.एन.ए.आर.सी.सी चाइना नामक संस्थाले ब्लाङ्केट उपलब्ध गराएको कट्टेलले जानकारी दिनुभयो । चिसोबाट बाढीपीडित थुप्रै घरपरिवारहरु समस्यामा परेकाले सबै सहयोगी मनहरुलाई हातेमालो गरेर सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभयो ।

लुगाफाटोको अभावमा कठ्याङ्ग्रिन बाध्य दलित वस्तीका घरपरिवारले न्यानो पाएपछि खुसी भएका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया