MENU

समाज

ujyaalo forign call inside

रुघाखोकी प्रभावित क्षेत्रमा स्वाथ्यकर्मीको टोली पठाइयो

रमेश ऐडी/उज्यालो ।

हुम्ला, पुस १९ –जिल्ला जनस्वास्थ्य कार्यालय हुम्लाले रुघाखोकी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली  पठाएको छ ।

डाक्टर नवीन रोकायाको नेतृत्वमा ५ सदस्यीय स्वास्थ्यकर्मीसहित आवश्यक औषधि उपचारका लागि बुधबार स्वास्थ्य टोली पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी रिद्धिप्रकाश सिटौलाले जानकारी दिनुभएको छ ।

रुघा खोेकीले सर्केगाड र ताँजाकोट गाउँपालिकामा एक सातामा ६ जनाको मृत्यु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव भएको समाचार सञ्चार माध्यमबाट प्रकाशित भएपछि जिल्ला जन स्वास्थ्यले टोली खटाएको हो ।  टोलीले  सर्केगाड गाउँपालिकाको वडा नं ७ र ८ मा पर्ने  रोडिकोट, रादेउ, भीमनगर, फूचागाउँ र ताजाकोट गाउँपालिकाको वडा नम्बर–५, मा पर्ने मदना, पाँदा गाउँमा उपचार गर्ने गरी टोली जिल्ला सदरमुकाम सिमीकोटबाट पठाइएको छ ।

सुख्खा मौसममा हावाहुरीले चिसो बढेर धुवाँधुलो फैलिदा रुघाखोकीले  गाउँमा रहेका वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।  यसअघि ताँजाकोट गाउँपालिका वडा नम्बर–५, की ८० वर्षीया नन्दकली नेपाली र २५ वर्षीया रनदेवी नेपालीको ज्यान गएको हो ।

यस्तै जिल्लाको मध्य भागमा रहेको सर्केगाढ गाउँपालिकाको वडा नम्बर–७,  रोडीकोट गाउँमा मात्रै चार जनाको ज्यान गएको छ ।  गएको आइतबार  ९१ वर्षीया भ्याले कार्की, ९२ वर्षीय खैरे शाहीको ज्यान गएको हो भने शनिबार ८८ वर्षीय गोरे जैशीको र शंकर रोकायाको ज्यान गएको स्थानीय राजबहादुर बुढाले बताउनुभयो ।

सुरुमा ज्वरो आउने, टाउको दुख्ने रुघाखोकी लाग्ने, घाँटी दुख्ने पखाला चल्ने गरेपछि बिरामीलाई थप समस्या परेको छ । उपचारको लागि हाल जिल्लामा रहेका स्थानीय स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी नभएकाले जिल्लाबाट टोली पठाइएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया