MENU

समाज

Ncell Axiata
NIC Asia

शीतलहरका कारण सिरहाका विद्यालय बन्द

सिरहा, पुस १९ गते – लगातारको शीतलहरका कारण सिरहालगायत तराइको जनजीवन प्रभावित बनेको छ ।
 
एक साताभन्दा लामो समयदेखि लागेको कुहिरो र शीतलहरले चिसो बढाएपछि जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको हो । चिसो बढेको चार सय २३ सामुदायिक विद्यालय तीन दिनका लागि बन्द गरिएको हो ।
 
चिसोका कारण विद्यार्थी पनि कम आउने र शिक्षकहरुलाई पनि पढाउन समस्या हुने गरेपछि तीन दिनको लागि बिदा दिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिनुभयो । दिनभरी तुसारो खस्ने र हल्का चिसो हावा चल्दा अत्यधिक चिसो हुन थालेपछि विद्यालय बिदा दिएको शिक्षा अधिकारीले बताउनु भयो ।  
विद्यालय आउने साना नानीहरु चिसोले आउनै नसक्ने भएपछि विद्यालय खोलिराख्नु उपयुक्त नभएको भन्दै तत्काललाई आइतबारसम्म र मौसमा फेरबदल नभए बिदा अझै थपिने शिक्षा अधिकारी महतोले जनाउनु भयो ।
 
जाडोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने गरेको छ । चिसोका कारण जिल्लाका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा जाडोका विरामी बढेको छन् । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया