MENU

विज्ञान प्रविधि

​पातलो मोबाइल ‘वान प्लस ५ टी’ नेपाली बजारमा

काठमाडौं, पुस १९ –वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टी’सार्वजनिक गरेको छ । 

नयाँ डिभाइसका साथमा वानप्लसले विश्वमा सबैभन्दा उत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गर्दै आएको छ ।

‘वानप्लस ५ टी’मा उच्च रिजोल्यूशन भएको ड्यूल क्यामेरा प्रणाली जडान भएको छ जसले अहिलेसम्मकै सबैभन्दा उच्च गुणस्तरको तस्बिर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधाघण्टा चार्ज गर्दा पूरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्री नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।

क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममा आधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ जसले फोनको सहज यूजर एक्सपेरियन्स न्यून शक्ति दिन्छ । ‘वानप्लस ५ टी’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहन्छ । 

‘वानप्लस ५ टी’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ, आइहब प्रालिका मार्केटिङ म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टी’ को सबै क्षेत्रहरुमा लागु गरेका छौं । उदाहरणका लागि ड्यूल क्यामेराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्बिर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामा आकर्षक फोटोहरु खिच्नका लागि नियन्त्रण गराउँछ । फेरि पनि यो फोनलाई प्रदर्शित बनाउन हामीले धेरै मेहनत गरेको छौँ ।’

६ इन्च इम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्ले भएको वानप्लस ५ टि निकै पातलो छ । जुन मिडनाइट ब्ल्याक कलर अप्सनमा उपलब्ध हुनेछ । यो फोन वानप्लस सिरिजहरुमध्ये सबैभन्दा पातलो फोन हो । यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्डलाइन राखिएको छ ।

यसको समानान्तर लाइन जुन वानप्लस डिजाइनको मुख्य डिजाइन तत्व हो जसले आधा भागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टी’लाई हातमा आरामदायी रुपमा अनुभव गर्न सकिन्छ ।

६४ जीबीको मूल्य  ६४ हजार ९०० रुपैयाँ छ भने १२८ जीबीको मूल्यमात्र ७२ हजार ९०० रुपैयाँ रहेको छ ।

 

विशेषताहरु

 

Dimensions (mm)            156.10 x 75.00 x 7.30

Weight (g)           162.00

Battery capacity (mAh)  3300

Removable battery         No

Colours Midnight Black

DISPLAY

Screen size (inches)        6.01

Touchscreen      Yes

Resolution          1080x2160 pixels

Pixels per inch (PPI)        401

HARDWARE

Processor            2.45GHz octa-core

Processor make                Qualcomm Snapdragon 835

RAM      6GB

Internal storage                64GB/ 128 GB

Expandable storage        No

CAMERA

Rear camera       20-megapixel

Rear Flash           Dual LED

Front camera     16-megapixel

SOFTWARE

Operating System            Android 7.1.1

Skin        OxygenOS 4.7

CONNECTIVITY

Wi-Fi      Yes

Wi-Fi standards supported          802.11 a/b/g/n/ac

GPS        Yes

Bluetooth            Yes, v 5.00

NFC        Yes

Infrared               No

USB OTG              Yes

Headphones      3.5mm

FM         No

Number of SIMs               2

SIM 1    

SIM Type             Nano-SIM

GSM/CDMA       GSM

3G          Yes

4G/ LTE Yes

Supports 4G in India (Band 40)   Yes

SIM 2    

SIM Type             Nano-SIM

GSM/CDMA       GSM

3G          Yes

4G/ LTE Yes

Supports 4G    Yes

SENSORS

Compass/ Magnetometer           Yes

Proximity sensor              Yes

Accelerometer  Yes

Ambient light sensor      Yes

Gyroscope          Yes

Barometer          No

Temperature sensor      No

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया