MENU

राजनीति

​ राजनीतिक दलका टिप्पणीले निर्वाचन आयोग आश्चर्यचकित

काठमाडौं, पुस १९ –निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको समानुपातिक मतपरिणामको बारेमा विभिन्न दलले गरेको टिप्पणी र दवावले आश्चर्यचकित भएको जनाएको छ । 

कानुनको अक्षरस पालना गर्दै परिणाम घोषणाको तयारी गरिरहँदा पनि आयोगप्रति विभिन्न आरोप लगाइएको भन्दै लाञ्छना र मानमर्दन हुने अराजक गतिविधि नगर्र्न निर्वाचन आयोगले अपिल गरेको छ ।  

निर्वाचन आयोगले परिणाम सरकारको दवावमा परेर मरिणाम घोषणा नगरेको भन्दै एमाले र माओवादी नेताहरु निर्वाचन आयोग पुगेको भोलिपल्ट आयोगले यस्तो विज्ञप्ति निकालेको हो । पुसको ११ गतेसम्म पनि केही जिल्लाको समानुपातिक मणपरिणाम नआएको र प्रदेशसभाको लागि दलहरुले समावेशी समुहअनुसार बन्दसूची पेश नगर्दा फेरी पुस २० गतेसम्म समय दिइएको आयोगले जनाएको छ । 

चुनावी परिणाम प्रदेशप्रमुखलाई बुझाउने कानूनी व्यवस्था रहेकोमा आयोगले प्रदेश प्रमुख तोक्न पनि माग गरेको छ । यस्तै प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम तयार भैसकेको तर राष्ट्रियसभाको चुनाव नभएसम्म घोषणा गर्न कानुनी बाधा रहेकोले चाहेर पनि नतिजा घोषणा गर्न नसकेको आयोगले जनाएको छ ।

राष्ट्रियसभाको चुनावको मिति घोषणा गर्ने अधिकार सरकारलाई मात्रै रहेकाले छिटो होस् भनेर सरकार र सबै दललाई ध्याकर्षण गराएको भन्दै आयोगले चुनावी परिणाम छिटो होस् भनेर कानुन नमिच्न र उत्तेजना नफैलाउन पनि सबै पक्षसँग आग्रह गरेको छ । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया