MENU

समाज

सर्लाहीमा जिप दुर्घटना हुँदा चार जना गम्भीर घाइते

 

सर्लाही, पुस१९ -सर्लाहीको हरिवनबाट यात्रु बोकेर सिन्धुलीको क्यानेश्वरको लागि छुटेको बा ४ च ४०७२ नम्बरको बोलेरो जिप बुधबार दुर्घटना हुँदा ४ जना गम्भीर घाइते भएका छन्।

हरिवनको हाट बजारबाट नौ जना यात्रु लिएर क्नखोला जाँदै गरेको जिप पूर्व-पश्चिम रागमार्गको हरिवनदेखि ४ किलोमिटर उत्तर चुरे डाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा सिन्धुली क्नखोलाका ५० वर्षीया धनमाया स्याङतान, हरिवनकी ३२ वर्षीया श्रीमाया थिङ, ३० वर्षीया जिरीमाया थिङ र गौरव लामा रहेका छन्।

उनीहरु चारै जनालाई थप उपचारको लागि चितवनको भरतपुर पठाइएको छ । जिप चालक फरार रहेकाले खोजी भैइरहेको प्रहरीले जनाएको छ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया