MENU

समाज

Ncell Axiata
NIC Asia

​ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, पुस १९– मोरङको विराटनगर महानगरपालिका–१२, बखरीस्थित एक घरबाट प्रहरीले बुधबार ठूलो परिमाणको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट सादा पोशाकमा खटिएको टोलीले विराटनगर–१७, बस्ने ३० वर्षीय विनोद पञ्जियारलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विनोदको साथबाट १३ सय एम्पुल टिडी जेसिक बरामद भएको प्रहरीले जनाएको छ । पञ्जियारले लागूऔषध भारतको जोगबनीबाट खरिद गरी नेपाल भित्र्याएर विराटनगर–१२, स्थित ससुराली घरमा लुकाई राखेका थिए । 

बरामद लागूऔषधमा फेनारगन ४ सय ५० एम्पुल, डाइजेल्याब ५ सय ५० एम्पुल र नोफिन ३ सय  एम्पुल रहेको लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया