MENU

समाज

ujyaalo forign call inside

​पत्रकार महासंघ पाल्पाले रजत जयन्ती मनायो

देब पचभैया/उज्यालो ।

पाल्पा, पुस १९ –नेपाल पत्रकार महासंघ पाल्पा शाखाले बुधबार विविध कार्यक्रमका बीच आफ्नो रजत जयन्ती मनाएको छ ।

२५ वर्षअघि स्थापना भएको शाखाले सस्थापक अध्यक्ष लगायत कार्यसमिति सँगै यस अघिका शाखा सभापतिहरुलाई सम्मान गर्दे रजत जयन्ती (शाखा स्थापना दिवस) मनाएको हो ।

कार्यक्रममा सस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार मेघराज शर्मा, उपाध्यक्ष एवं पूर्व अध्यक्ष झपेन्द्र गहिरे, सस्थापक एवं पूर्व सभापति गोविन्द भट्राई, पूर्व सभापति भगवान भण्डारी, सस्थापक सचिव भरत शर्मा, संस्थापक सदस्य मन गहिरेलाई सम्मान गरिएको छ । स्थापना दिवसको उद्घाटन गर्दै प्रेस स्वतन्त्रता सेनानी तथा संस्थापक अध्यक्ष मेघराज शर्माले सबै पत्रकार बीच समभाव बढाउँदै निष्पक्ष पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका वरिष्ठ पत्रकार शर्माले पत्रकार आचारसंहितालाई ख्याल गरेर आफ्नो पेशालाई मर्यादित रुपमा अघि बढाउन समेत सबैलाई आग्रह गर्नुभयो ।

संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष झपेन्द्र गहिरेले विभिन्न आरोह अवरोहका बीचमा २५ वर्ष पुगेको शाखा र पत्रकारलाई शुभकामना दिनुभयो । यस्तै पूर्व अध्यक्ष एवम् संस्थापक सदस्य गोविन्द भट्टराईले अबको पत्रकारितामा थप जिम्मेवारी बढेको बताउनुभयो ।  पूर्व अध्यक्ष भगवान भण्डारीले पाल्पाली पत्रकारले पत्रकारिताको क्षेत्रबाट देश तथा विदेशमा ख्याती कमाउन सफल भएको बताउनुभयो ।

शाखा अध्यक्ष राजेशकुमार अर्यालले आवधिक निर्वाचनपश्चात देशको विकास निर्माण र जनचासोका विषयमा पत्रकारले सदैव खबरदारी गर्नुपर्ने बेला आएको बताउनुभयो । जनसरोकारका विषयमा कलम चलाउँदा आउने समस्याको समना र पत्रकारलाई सहयोग गर्न महासंघ सदैव तयार रहेको उहाँको भनाई थियो । 
 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया