MENU

अन्तर्राष्ट्रिय

​इथियोपियामा सबै राजनीतिक बन्दी रिहा गरिने

पुस १९–इथियोपियाका प्रधानमन्त्रीले सबै राजनीतिक दलका बन्दीलाई रिहा गरिने बताएका छन् । पत्रकार सम्मेलनमा प्रधानमन्त्री हैलेमारियम डेसालेनले मुद्वा खेपिरहेका राजनीतिक दलका बन्दीलाई रिहा गरिने बताएका हुन् ।

राजनीतिक सम्वाद गर्न यस्तो कदम चालिएको प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्रीले कारागारको स्वरुप परिवर्तन गरेर अन्तराष्ट्रिय स्तरको म्यूजियम बनाउने बताएका छन् । इथियोपियामा कति जना राजनीतिक दलका बन्दी रहेका छन भन्ने कुनै तथ्याङ्क नभएको जनाइएको छ ।

इथियोपियामा मानव अधिकारवादी संस्थाहरुले बन्दीहरुलाई रिहा गर्न दवाव दिँदै आएका थिए । इथियोपियामा धेरै पत्रकारहरु पनि बन्दी बनाइएका छन् । इथियोपियामा केही चर्चित राजनीतिक दलका नेताहरु पनि कारागारमा रहेको बीबीसीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया