MENU

समाज

ujyaalo forign call inside

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले पाँचौं स्थापना दिवस मनायो

काठमाडौं, पुस १९ काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । अस्पताल संचालनको पाँच वर्ष पूरा भएको उपलक्षमा अस्पताल परिसरमा एक संक्षिप्त कार्यक्रमको समेत आयोजना गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव पोखरेलले आफू ग्राणडी अस्पतालको शुभेच्छुक भएको र आफ्नो साथ र सहयोग सधैं रहने बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य उपचारको क्षेत्रमा ग्राण्डी अस्पतालले अत्यन्त उदाहरणीय कार्य गरेको जिकीर गर्दै यस अस्पतालबाट अन्य अस्पतालहरुले धेरै कुराहरु अनुकरण गर्नुपर्ने रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ग्राण्डी अस्पताल यस क्षेत्रकै पहिचानका रुपमा रहेको र यसका लागि नगर प्रमुखका हैसियतमा जेजस्तो सहयोग गर्नपनि आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इ। दिपक कुँवरले थुप्रै चुनौती र समस्याहरुलाई छिचोल्दै आज देशको आदर्श स्वास्थ्य सेवा प्रदायक अस्पताल बनाउन आफूहरु सफल भएको बताउनुभयो । 

त्यसैगरी अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डेले स्वास्थ्य सेवाका क्षेत्रमा ग्रान्डी अस्पतालले उदाहरणीय कार्य गरेको जिकीर गर्दै आगामी दिनमा अझ स्तरिय सेवा प्रदान गर्दैजाने प्रतिबद्धता दोहोर्याउनु भयो । उहाँले ग्राण्डी अस्पताल सबैको अस्पताल भएकाले सरकारसँग सहकार्य गर्दै अघि बढ्न आफूहरु तयार रहेको बताउनुभयो ।

सञ्चालनको चौथो वर्ष पूरा गर्दासम्म यस अस्पतालले इभिडेन्स बेस्ड मेडिसिनमा आधारित उपचारका माध्यमबाट हजारौंको संख्यामा बिरामीहरुलाई उपचार गरिसकेको छ ।

हृदयाघात भएर आएकाहरुको लागि कार्डियाक इन्टरभेन्सनदेखि मुटुमा छुरा रोपिएर आएका बिरामीको सफल शल्यकृयासम्म अनि छिनेका हात र औंलाहरु जोड्ने सम्मका जटिल शल्यकृयामा यस अस्पतालले सफलता हासिल गरिसकेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया