MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

पूर्व सहयोगीले खोले ट्रम्पको रहस्य, भड्किए ट्रम्प

पुस २० – आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टीभ बेननले जागिर गुमाएरपछि होस पनि गुमाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाउनुभएको छ । सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई जिताउन बेननको महत्वपूर्ण हात रहेको अमेरिकी सञ्चारमाध्यम तथा विश्लेषकले बताउने गरेका छन् ।

ट्रम्पले चुनाव जितेपछि पनि बेनन ह्वाइटहाउसको सल्लाहकार तथा सहयोगको रुपमा रहनुभएको थियो । प्रमुख रणनीतिक सल्लाहकारको रुपमा रहनुभएका बेननलाई राष्ट्रपति ट्रम्पले गएको अगस्टमा बर्खास्त गर्नुभएको थियो ।

बेननले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल वुल्फको किताबमा बनाएका छन् । हिलारी क्लिन्टनका बारेमा डोनाल्ड ट्रम्पका छोरालाई रुसी अधिकारीले सन् २०१६ को जुनमा भएको भेटमा जानकारी दिएको बेननले बताएका छन् ।

रुसी अधिकारीसँगको ट्रम्प जुनियरको भेट गैरकानुनी रहेको बेननले पुस्तकमा बताएका छन् । ट्रम्पले बुधबार वक्तव्य जारी गरेर बेननको आरोपको खण्डन गर्दै बेनन र आफ्नो राष्ट्रपति चुनावमा उम्मेदवारीबिच कुनै सम्बन्ध नरहेको दाबी गर्नुभएको छ । 

बेननले आफू बर्खास्त भएका बेला होस पनि गुमाएको र बेहोसीमा नचाहिने कुरा बोल्दै हिँडेको ट्रम्पले आरोप लगाउनुभएको छ । तर गएको अगस्टमा बेननलाई खर्बास्त गर्ने बेलामा ट्रम्पले बेननलाई धन्यवाद दिँदै आफ्नो चुनावी अभियानमा ठूलो सहयोग गरेको बताउनुभएको थियो । बेननले आफ्नो जितमा निकै कम मात्रै काम गरेको ट्रम्पको आरोप छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया