MENU

खेल

Ncell Axiata
NIC Asia

इन्जुरी समयको गोलले आर्सनललाई जोगायो

पुस २० – चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

लिग अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा आर्सेन वेङ्गरको टिम आर्सनलसँग गोल रहित बराबरीमा रोकिएको थियो ।

दुवै तर्फबाट दोस्रो हाफमा गोल भयो । खेलमा गोलको सुरुवात घरेलु टोली आर्सनलले गरेको हो । ६३ औँ मिनेटमा ज्याक विलशरले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि चेल्सीले पेनाल्टी पायो । पेनाल्टीमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औँ मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

आर्सनलका लागि एलेक्स सान्चेज र अलेक्सान्ड्र लाकाजेटीले गोल गर्ने सुन्दर मौका बनाएका थिए । तर त्यसमा सफल हुन सकेन ।

हार नजिक पुगेको आर्सनललाई इन्जुरी समयमा हेक्टर बेलरिनले गोल गर्दै बराबरी गराए । बराबरीपछि तेस्रो स्थानको चेल्सीको २२ खेलबाट ४६ अंक भएको छ ।

उ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि परेको छ । यस्तै छैटौँ स्थानमा रहेको आर्सनलको २२ खेलबाट ३९ अंक भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया