MENU

खेल

कोस्टा फर्किए, मैदान छिरेको पाँच मिनेटमै गरे गोल

पुस २० – डिएगो कोस्टाले एथ्लेटिको मड्रिडमा आफ्नो दोस्रो यात्राको पहिलो खेलमा गोल गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले लिइदा इस्पोर्टिओलाई ४–० ले हराउने क्रममा कोस्टाले एक गोल गरेका हुन् ।

६४ औँ मिनेटमा मैदान छिरेका कोस्टाले त्यसको पाँच मिनेट भित्र गोल गरेका हुन् । कोस्टाको गोल अघि एथ्लेटिकोका लागि ३३ औँ मिनेटमा डिएगो गोडिन र ३७ औँ मिनेटमा फर्नान्डो टोरेसले गोल गरेका थिए । एथ्लेटिकोका लागि इन्जुरी समयको दोस्रो मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेपछि टिम ४–० ले विजयी भयो ।

इन्जुरी समयको पहिलो मिनेटमा ट्रिलिस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इस्पोर्टिओ १० खेलाडीमा सीमित भएको थियो । गएको सेप्टेम्बरमा चेल्सी कोस्टालाई एथ्लेटिको पठाउन राजी भएको थियो । चेल्सीमा प्रशिक्षक एन्टोनिओ कोन्टेसँगको चिसो सम्बन्धका कारण कोस्टा समस्यामा रहेका थिए ।

त्यसपछि उनले सेप्टेम्बरमा चेल्सी छोडेर पुरानो क्लब एथ्लेटिको मड्रिड फर्किने निर्णय गरेका हुन् । त्यसयता कोस्टा मैदानमा देखिएका थिएनन् । कोस्टा सन् २०१४ मा एथ्लेटिकोबाट चेल्सी गएका थिए । उनले चेल्सीमा रहँदा १२० खेलमा ५९ गोल गरे ।

चेल्सीमा रहँदा उनले दुईपटक प्रिमियर लिग तथा एकपटक लिग कपको उपाधि जितेका थिए । एथ्लेटिकोमा दोस्रोपटक आएका कोस्टाले पहिलो बसाइमा ४३ गोल गरेका थिए । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया