राजनीति
निर्वाचन आयोग आश्चर्यमा
- Thursday, Jan 04, 2018
- 07:19 AM ( 4 months ago )
- Total Views: 89
काठमाडौं, पुस २० – निर्वाचन आयोगले गएको मंसिर १० र २१ गते स्वतन्त्र, स्वच्छ र शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भई प्रदेशसभा र प्रतिनिधिसभाका सबै परिणाम सार्वजनिक गर्ने क्रम जारी रहेको अवस्थामा ‘जनताको मतलाई सार्वजनिक गर्न ढिलाइ गर्यो’ भनी लगाइएको लाञ्छना र अराजक गतिविधिप्रति आश्चर्य चकित भएको जनाएको छ ।
बुधबार ६ बुँदे विज्ञप्ति जारी गरी आयोगले राष्ट्रियसभा सदस्यको चुनाव सम्पन्न नभई मत परिणाम सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चन भएको हुँदा छिटोभन्दा छिटो मत परिणाम सार्वजनिक गर्न आयोग आतुर हुँदाहुँदै पनि सम्भव हुन नसकेको स्पष्ट पारेको छ ।
नेपालको इतिहासमै पहिलोपटक प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकै पटक सम्पन्न गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मत परिणाम समयमै सार्वजनिक गरिसकेको उल्लेख गर्दै आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत परिणामलाई समानुपातिक निर्वाचन अधिकृतको कार्यालयबाट अहोरात्र खटेर तयार पार्ने कार्य भइरहेको जानकारी गराएको छ ।
समानुपातिकतर्फ संशोधनसहितको बन्दसूचिमा पेश गरेका उम्मेदवारमध्ये प्रचलित कानुन बमोजिम समावेशी समूह तथा क्रमागत रुपमा विजयी हुने उम्मेदवारको नाम दलहरूबाट सिफारिश भएर आएपछि यथासमयमै चुनावको अन्तिम परिणाम सम्बन्धित निकायमा पेश गर्न आयोग दृढ रहेको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको परिणामसहितको प्रतिवेदन चुनावको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनु पर्नेछ भन्ने व्यवस्था रहेको हुँदा आयोगले नेपाल सरकारसमक्ष प्रदेश प्रमुखहरूको नियुक्ति छिटोभन्दा छिटो होस् भनी ध्यानाकर्षण समेत गराइसकेको पनि आयोगले विज्ञप्तिमार्फत सबैमा जानकारी गराएको छ ।
संविधानको धारा ८४ को (८) र प्रतिनिधिसभा सदस्य ऐन २०७४ को दफा ६० (४) को प्रावधानले राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको सिट तोक्न र दलहरूलाई बन्दसूचिमा रहेका उम्मेदवारमध्ये विजयी हुने उम्मेदवारको नामहरू सिफारिश गर्नका लागि दलहरूलाई पत्राचार गर्न आयोग असमर्थ रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश यही पुस १४ गते प्रमाणीकरण भई आयोगमा प्राप्त भएपछि राष्ट्रियसभा सदस्य चुनाव तयारीलाई तीव्र बनाएको जनाउँदै आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार चुनावको मिति घोषणा गर्ने अधिकार नेपाल सरकारलाई रहेको हुँदा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई पुस १८ गते भेटी चुनावको मिति छिटो घोषणा गर्न आग्रह गरिसक्नु भएको पनि विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
चुनावको परिणाम छिटो घोषणा होस् भनेर संविधान र कानुनले तोकेको विधि एवं प्रक्रियालाई नजरअन्दाज गरी उत्तेजना फैलाउन तथा संवैधानिक आयोगको मानमर्दन गरी आयोगलाई लाञ्छना लगाउने क्रियाकलाप नगर्न÷नगराउन पनि आयोगले सम्बन्ध सरोकारवालासँग अपिल गरेको छ । रासस
सम्बन्धित सामग्रीहरु
-
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
काठमाडौं, वैशाख ११ – गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
-
मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
भक्तपुर, वैशाख १० – रक्षामन्त्री इश्वर पोखरेलले मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषर भक्तपुरका प्रमुखलाई निर्देशन दिनुभएको छ ।
-
नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
काठमाडौं, वैशाख १० – नेपाल विद्यार्थी संघका पदाधिकारीले आफ्नो संगठनको नेतृत्व विधान विपरीत चलेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
-
अब ट्याक्सीको पनि सिण्डिकेट तोड्छौँ : मन्त्री महासेठ
काठमाडौं, वैशाख १० – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बससँगै अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्धघोष गर्नुभएको छ ।
-
प्रदेश एक नमुना प्रदेश बन्छ : मुख्यमन्त्री राई
खोटाङ, वैशाख १०– प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एक सम्भावना नै सम्भावना भएको प्रदेशका रुपमा रहेको बताउनु भएको छ ।
-
प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
काठमाडौं, वैशाख ११ – गृहसचिव प्रेमकुमार राईले समाजमा हुने आतंककारी क्रियाकलाप र शान्ति सुरक्षा भंग गर्नेविरुद्ध प्रहरी आक्रमक रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।
- उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
प्रतिक्रिया दिनुहोस