MENU

समाज

भ्यानको ठक्करबाट तीन महिने बालिकाको मृत्यु

काठमाडौं, पुस २० – काठमाडौं र भक्तपुरमा बुधबार राति भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । भक्तपुरको पाण्डुबजार सुन्दरबस्तिमा भ्यानले ठक्कर दिँदा ३ महिनाकी बालिकाको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

बा १० च ४९ २९ नम्बरको भ्यानले ११ वर्षकी लक्ष्मी तामाङलाई ठक्कर दिएको थियो । भ्यानको ठक्करले लक्ष्मीले बोकेकी ३ महिनाकी उनकी बहिनी खसेर घाइते भएकी थिइन् । तिनै बालिकाको उपचारका क्रममा सिद्धी स्मृति अस्पताल भक्तपुरमा ज्यान गएको हो ।

यस्तै काठमाडौंको नयाँ बसपार्कमा मोटरसाइकलले ठक्कर दिँदा लमजुङ्गको पुरानोकोट–४ का प्रेमबहादुर गुरुङको ज्यान गएको हो । बुधबार राति ११ बजेतिर बा ८४ प ६०१५ नम्बरको मोटरसाइकलले उहाँलाई ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलको खोजी भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया