MENU

बातावरण-कृषि

Ncell Axiata

काठमाडौंको तापक्रम दुई डिग्रीबाट तल झर्‍यो, देशभर बढ्यो चिसो

काठमाडौं, पुस २० – राति आकाश खुलेकाले चिसो बढेको मौसमविदले बताएका छन् । बेलुका भएपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल नबनेकाले आकाश खुलेको र देशभरि नै चिसो बढेको मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।

उहाँका अनुसार राति आकाश खुला भएपछि बिहान पर्ने शीत र तुसारोका कारण चिसो बढ्छ । तर राति बादल लागे न्यानो बढ्छ । चिसो बढेपछि देशभरि कै जनजीवन प्रभावित भएको छ । तराई र हिमालको जनजीवन कष्टकर बनेको छ ।

काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।

सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० डिग्रीमा झर्दा अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो अझै बढ्ने मौसमविद पोख्रेलको भनाई छ । पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको उहाँले जानकारी दिनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस