MENU

अन्तर्राष्ट्रिय

ट्रम्पको ‘न्युक्लियर बटन’ ट्वीटको आलोचना, ट्वीटरमा ट्रोल

पुस २० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भन्दा आफूसँग ठूलो र शक्तिशाली परमाणु परीक्षणको स्वीच रहेको भन्दै बुधबार ट्वीट गर्नुभयो । उत्तर कोरियाका नेता किम जोङ–उनले नयाँ वर्षको अवसरमा सोमबार शुभकामना दिने क्रममा परमाणु परीक्षणको स्वीच आफ्नो डेस्कमा रहेको बताउनुभएको थियो । 

किमलाई ट्रम्पको जवाफ : मसँग तिमीसँग भन्दा ठूलो र शक्तिशाली परमाणुको स्वीच छ

नेता किमले परमाणु परीक्षणको स्वीच जहिले पनि आफ्नो नियन्त्रणमा रहने भएकाले अमेरिकाले युद्धको सुरुवात गर्न नसक्ने र पूरै अमेरिका आफ्नो देशको परमाणु आक्रमणको दायरामा रहेको भन्दै चेतावनी दिनुभएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका नेता किमको भनाईको जवाफ बुधबार ट्वीट मार्फत दिनुभएको हो । 

उहाँले ट्वीट मार्फत किमसँग भएको भन्दा ठूलो र शक्तिशाली परमाणु बटन आफूसँग रहेको भन्दै उत्तर कोरियालाई चेतावनी दिनुभएको हो । ट्रम्पले पछिल्लो समय व्यक्तिगत तथा देशलाई निशाना बनाएर ट्वीट गर्ने गर्नुभएको छ । ट्रम्पले चेतावनी दिए पनि धेरैले राष्ट्रपतिले ट्वीटमा दिने गरेका चेतावनी र समेट्ने गरेका विषयवस्तुका बारेमा असन्तुष्टि जनाएका छन् । विश्वका नेताले परमाणु हतियारलाई निकै हलुका रुपमा लिएको भन्दै धेरैले आलोचना गरेका छन् । तर ट्रम्पका समर्थक भने उहाँको पक्षमा उभिएका छन् । 

ट्रम्प ट्रोल

ट्रम्पले परमाणु बटनको बारेम ट्वीट गरेपछि धेरै ट्वीटर प्रयोगकर्ताले उहाँको ट्वीटलाई ट्रोल बनाएका छन् । 

रोगेलिओ गार्सिया लायर नाम गरेका व्यक्तिले ट्रम्पले आफ्नो परमाणु बटन ठूलो रहेको आधिकारी घोषणा गर्दै गरेको व्यंग्यात्मक भिडियो नै बनाएका छन् । 

केहीले भविष्यमा किमले गर्न सक्ने ट्वीट भन्दै ट्रम्पको मजाक उडाएका छन् । यस्तै केहीले त परमाणु बटन नै बनाएका छन् । 

केही समर्थकले सामाजिक सञ्जालमा ट्रम्पको पक्षमा मत दिए पनि धेरैले उहाँले बच्चाले जस्तो भाषा प्रयोग गरेको भन्दै आलोचना गरेका छन् । ट्रम्पको ट्वीटले अमेरिकी राष्ट्रपतिको गरिमा कायम गर्न नसकेको उनीहरुको तर्क छ । 
पाकिस्तानलाई गाली गरेर सन् २०१८ को ट्वीट सुरु गर्नुभएका ट्रम्पले अहिलेसम्म प्यालेस्टाइन, सञ्चारमाध्यमसहितलाई गाली गरिसक्नु भएको छ । 

 

पूर्व सहयोगीले खोले ट्रम्पको रहस्य, भड्किए ट्रम्प

पछिल्लो पटक पत्रकार माइकल वुल्फले लेखेको किताबमा ट्रम्पका पूर्व रणनीतिक सल्लाहकार तथा सहयोगी स्टीभ बेननले सन् २०१६ को राष्ट्रपति चुनावमा रुसी संलग्नता बारे बोलेपछि ट्रम्पले बेननले जागिर मात्रै नभइ होस पनि गुमाएको आरोप लगाउनुभएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया