MENU

अन्तर्राष्ट्रिय

मुम्बईमा फेरि आगलागी, बालबालिकासहित चारको मृत्यु

पुस २० –मुम्बई सहरमा बिहीबार पुनः आगलागी भएको छ । आगलागीमा परि दुई बालबालिसहित चार जनाको मृत्यु भएको छ । 

भारतको आर्थिक राजधानी मुम्बईमा भएको यो तेस्रो भीषण आगलागी हो । यस आगलागीमा परि ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई जना बालबालिका रहेका जनाइएको छ । 

मुम्बईको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा बिहीबार बिहानीपख आगो लागेको थियो । त्यसै तल्लामा रहेको परिवारका सदस्यको आगलागीमा परि ज्यान गएको हो । 

यस आगलागीमा परेर घाइते भएका पाँच व्यक्तिको अस्पतालमा उपचार भइरहेको मुम्बईको प्रकोप व्यवस्थापन विभागका एकजना प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन् । 

मुम्बईमा गत डिसेम्बर २९ मा पनि बजार र रेष्टुरेन्टमा भएको लागलागीमा परि १४ जनाको मृत्यु भएको थियो । मुम्बईमा अवस्थित एक मिठाई पसलमा भवन भत्किएर सुतिरहेका १२ जना कामदारको मृत्यु भएको एक हप्तापछि पुनः यो भीषण आगलागीको घटना भएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया