MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

​रसुुवाका ४ वटा कार्यालयमा उच्च गतिको इन्टरनेट सेवा

रसुवा, पुस २० –रसुवाको ४ वटा कार्यालयमा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट जडान गरिने भएको छ । 

सदरमुकाममा रहेका जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालय र रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको चिनियाँ कम्पनी सिडब्लुइमा इन्टरनेट जडान गर्न लागिएको हो । 

नेपाल टेलिकम धुन्चे कार्यालयका अनुसार आउँदो हप्ता चार वटै कार्यालयमा इन्टरनेट जडान गरिनेछ । यसअघि टेलिमकले टिमुरेमा रहेको भन्सार कार्यालयमा उच्च गतिको लिज इन्टरनेट जडान गरिसकेको छ । 

जिल्लाको पाँच वटै गाउँपालिकामा टेलिकमको एडिएसएल सेवा पुगेको छ ।  नेपाल टेलिकम रसुवाका अनुसार जिल्लामा अहिलेसम्म पाँच सय २७ ग्राहकले इन्टरनेट जडान गरेका छन् । 

जडान शुल्क तथा मासिक शुल्क महंगो पर्ने भएकाले अन्य कार्यालय तथा सर्वसाधरणको पहुँचमा पुग्न नसकेको टेलिकम रसुवाका प्रमुख जनक डाँगीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘लिज इन्टरनेट जडान गर्न महंगो पर्छ, यसको मासिक शुल्क पनि १ एमबिपिएस बराबर ५ हजार शुल्क तिर्नु पर्छ । एडिएसल जडान गरेका ग्राहकले १ एमबिपिएस बराबर एक हजार तिरे पुग्छ ।’

जिल्ला सदरमुकाम धुन्चे, स्याफ्रु, टिमुरे, कालिकास्थान र जिबजिबेमा एडिएसएलको ग्राहक रहेका छन् । धुन्चेमा २ सय ५०, स्याफ्रमा ९६, कालिकास्थानमा ८५, टिमुरेमा ७२ र जिबजिबेमा २४ गरी पाँच सय २७ ग्राहकले टेलिकमको इन्टरनेट सेवा जडान गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया