MENU

मनोरञ्जन

ujyaalo forign call inside

गुण्डा भनेर फोटोमा चम्चा काँटाले घोच्नेसँगै विवाह—सुनिल थापा

काठमाडौं, पुस २० –नेपाली सिने  क्षेत्रका प्रसिद्ध कलाकार हुन सुनिल थापा । ‘चिनो’ सिनेमामा ‘राते काईला’ को भूमिका निर्वाह गरेपछि उनी यहि नामले सिने नगरीमा चिनिए । यो सिनेमामा उनले बोल्ने ‘राते लाई यो कुरा मन परेन’ सम्वाद सबैको मस्तिष्कमा बास गरेको सम्वाद हो ।

नेपाली मात्र नभै बलिउडका सिनेमा ‘एक दुजे के लिए, मानव हत्या, आजकी आवाज, मनु द ग्रेट, अल्बेला, नासिब वाला, मेरी कोममा समेत उत्कृष्ट भूमिका निर्वाह गरेका थापा अभिनित पछिल्लो नेपाली सिनेमा ‘शेरबहादुर’ माघ १९ देखि प्रदर्शनमा आउँदै छ ।

‘शेरबहादुर’ले सुनिल थापालाई फेरि नयाँ परिचय दिने निर्माण पक्षको भनाई छ । प्रस्तुत छ थापासँग गफगाफ डटकमका लागि लोकराज अधिकारीले गरेको लभ गफ । 

तपार्इँको विवाह भएको कति वर्ष भयो ?

रजनीसँग मेरो विवाह विक्रम सम्वत २०४६ सालमा भएको हो । अहिले २९ वर्ष भयो ।

मागी कि प्रेमविवाह ?

पहिला हामीले एक अर्कालाई हेर्यौँ । अनि चुम्बक जस्तो आर्कषित भइहाल्यौँ । त्यसपछि घरायसी कुुराहरु भयो । अनि हाम्रो बिहेको लक्ष्य हासिल भयो । 

पहिलो प्रस्ताव  कसको थियो कुन ठाँउमा ?

पहिलो प्रस्ताव मेरो नै थियो । त्यो काठमाडौंको जमलमा । त्यो पछि हाम्रो सन् १९८९ (२०४६) को मे ७ मा विवाह भयो र ठ्याक्कै ९ महिनापछि मेरो छोरा जन्मियो  ।

पहिलो पटक प्रस्ताव गर्दा कौतुहलता वा डर के थियो?

त्यस्तो केही भएन । कलाकार र खेलाडी भएर हो कि ! त्यस्तो केहीपनि भएन मलाई । विवाह गर्नै पर्छ घर बसाल्नै पर्छ भन्ने थियो । सायद विवाहअघि सिनेमामा काम गरेको थिएँ त्यसको अनुभवले पनि हो कि । मलाई थाहा छैन अरु डराउँछन् कि नाई । तर म भने डराइन ।

रजनी भाउजूको के कुराले तपाईँलाई आर्कषित गर्यो?

उनी निकै सुन्दर छिन् । त्यसबखत शकंरदेव क्याम्पसका चर्चित सुन्दरीमध्येको एक थिइन् । उनमा कसैलाई पनि आर्कषित गर्न सक्ने क्षमता छ । उनीमा घमण्ड भने फिटिक्कै छैन । स्पष्ट भन्नुपर्दा हामी एक अर्कामा चुम्बकझैँ आर्कषित भएको हो । 

पहिलो पटक भाउजूलाई कहाँ देख्नु भएको थियो ?

मेरो साथी अखन्ड देशराज श्रेष्ठको किताव पसलमा । मेरो बूढी र उहाँको आन्टी आउनुभएको थियो किताव लिनको लागि । एकछिन हेराहेर र कुराकानी भयो हाम्रो । म अभिनेता भएकोले कुराहरु उठ्यो त्यसपछि उहाँ बाईकमा जाँदै हुनुहुन्थ्यो र फेरि हामीले एक अर्कालाई फर्केर हेर्यौँ । त्यो पछि त चुम्बकझैँ यसरी एक अर्कासँग टासियौँ कि निकाल्न पनि सकिएन (हाँसो )। त्यसपछि मायामा परियो । 

त्यो बेलामा तपाईँको सिनेमा हेर्नुभएको रहेछ भाउजूले?

उहाँले मेरो एउटा हिन्दी सिनेमा हेर्नुभएको रहेछ‘एक दुजेके लिए’ । मेरो एउटा पत्रिकामा फोटो आएको थियो । त्यो बेलामा उहाँकक्षा सातमा हुनुहुन्थ्यो । उहाँले होस्टेलमा भएको चम्चा काँटाले यो गुन्डा यो बदमास भनेर मेरो फोटोमा घोचेको रे रिसले । यो कुरा मलाई उहाँले पछि भन्नुभएको । आजभोलि त यो कुरा सम्झेर हामी हाँस्ने गर्छौँ । 

हनिमुन मनाउन यो ठाँउ जाने भनेर भयो कि भएन?

अहिलेको पुस्ताहरुको जस्तो रमाइलो नभए पनि हामी हनिमुनको लागि भनेर मुम्बई घुम्न गएका थियौँ । अहिले केक काट्ने राती बाह्र बजे उठेर विस गर्ने चलन आइसक्यो तर म यो कुरामा विश्वास गर्दिन । 

विवाहपछि पहिलो पटक ससुराली जाँदाको अनुभव कस्तो रह्यो?

ससुराली जाँदा गएा मज्जासँग । मैले त ससुराली गएको बेलामा पनि चुरोट रक्सी दुवै खान्थेँ, अनि खाए । तर फेरि सम्मान गर्नुपर्ने ठाँउमा त म गर्छु । म निकै खुशी थिएँ । त्यहाँबाट ज्वाईँ साव भनेर नयाँ नाम पाएँ । 

नौ महिनापछि छोरा जन्मिँदा घरमा नै हुनुहुन्थ्यो कि बाहिर हुनुहुन्थ्यो?

छोरा जन्मिँदा मेरो बुढी मुम्बईमा थिइन् । आठ महिना हुँदा मैले ‘चिनो’ सिनेमा छायाकंन गर्नको लागि छोडेर आएको थिएँ । म यता छायाकंन गर्दै थिएँ उता छोरा जन्मिएछ । अनि पछि शेटमा मेरो छोरा भएको थाहा भएपछि निर्माता र निर्देशकलाई म छोराको नामकरण र अरु कार्यको लागि जान्छु भन्ने पीर परेको थियो । उहाँहरुको पीर देखेर मैले होईन ! म जाँदिन भनेँ । अनि बल्ल उहाँहरुको मुड ठिक भएको थियो ।

म मेरो प्रोफेसनलाई पूजा गर्छु । हामीले छोराको नाम अनमोल र छोरीको नाम प्रेसियस राखेका छौँ । खासमा म खेलाडी भाकोले त्यता तिरको नाम खोजीराको थिएँ तर भएन । मेरो छोराको नाम निर्देशक तुलसी घिमिरेले जुराइदिनु भएको । छोरीको नाम पे्रसियस राख्दा आमाले के प्रेसर कुकर झैँ नाम राखेको भनेर हप्काउनुभएको थियो । मेरो आमाले छोरीलाई प्रेसु भनेर बोलाउने गर्नुहुन्छ ।

 

सूटिङ्ग सेटमा छोरा जन्मियो भनेर खबर पाउँदा जान पाए हुन्थ्यो सूट छोडेर भन्ने लागेको थियो कि थिएन?

एउटा घटना भएको छ दिमागमा आइहाल्यो । छोरा भएपछि मैले सुरुमा लड्डु पेडा बाँडेको थिएँ यूनिटलाई । रक्सीको सट्टा झ्वाईखट्टे खाइयो । पछि बाइस दिनपछि मेरो छोरोलाई जन्डिस हुदाँ चाहि मलाई एकदमै रिस उठ्यो । ‘चिनो’को सूटिङ्ग ६६ दिनको थियो । ६० दिनमा सकिनु पर्ने ६ दिन बढी लाग्यो । अनि मैले त छोरा जन्मेको ४३ औँ दिनमा बल्ल अनुहार हेरेँ । 

यति लामो सफरमा  तपाई र भाउजू बीचमा ठाकठुक परेको छ कि छैन नबोल्ने गरी?

त्यो अहिले पनि हुन्छ । मलाई रिस उठ्यो भने मेरो एकदमै राम्रो बानी भनेको केही गाली नगर्ने तर तीन चार दिन सम्म चुप लागेर बस्ने मात्र हो । उहाँ पनि म नबोलेसम्म चुप लागेर बस्नुहुन्छ । पछि भने आफै जिस्केर बोलिन्छ । यो जीवनको एउटा पार्ट नै हो । त्यो भएन भनी हामी मान्छे नै होइन । म सकारात्मक सोच भएको मान्छे हो तर म निकै कडा स्वभावको छु । 

भाउजू के गर्नुहुन्छ ?

मेरो श्रीमती सामाजिक काम गर्छिन् । मलाई उनी व्यस्त भएको देख्दा खुशी लाग्छ । बच्चाहरु नेट र मोबाइलमा चौबिसै घण्टा लागेको देख्दा भने मलाई चित्त बुझ्दैन । उनीहरुको समय र आखाँको रोशनी बिग्रिएको उनीहरुले थाहा पाउँदैनन् । सबै जना मोबाइलमा झुन्डिनु भनेको राम्रो होइन । 

एनिभर्सरीमा श्रीमतीलाई केही दिउँ भन्ने लाग्छ कि लाग्दैन?

पैसा भएको बेलामा दिन्थेँ नभए दिदैँनथे । बुढीले पनि बुझिहाल्ने । तर, डायलग भने दिन्छिन (हाँसो) । पैसा भएको बेलामा आफूले किनेर पनि दिन्छु अनि ऊ आफै यति महंगो गिफ्ट किनदिएको बाठो भएर भनेर कराउँछिन् पनि ।

बिहेपछि तपाईँलाई प्रेम प्रस्ताव कसैले गर्यो कि गरेन?

अब गरेन भने भनि झुट बोल्यो भन्लान । तर मलाई प्रस्ताव भने आउँथ्यो साथीको नाताले । म आफू सेलिब्रिटी भएको कारणले त्यो स्वभाविक पनि हो । मेरो सुट भएन भने कि म टेलिभिजन हेर्छु कि परिवारसँग समय बिताउँछु । 

सेलिब्रिटीको डिभोर्स बढ्दै गएको छ यसलाई तपाईँ कसरी हेर्नुहुन्छ?

छोटकरीमा मेरो भाषामा हेर्दा मात लागेको भन्नुपर्ला । यथार्थ केस हुन सक्छ डिभोर्स । तर, जीवनमा कोही साथी पाउनु भनेको आफूले चाहेर होइन भगवान र परिवारले खोजिदिनु भएको हो । भगवानमा विश्वास छैन भने यो कुराको केही पनि महत्व भएन । तर मन्दिर पनि जानुहुन्छ, पूजा पनि गर्नुहुन्छ, व्रत पनि राख्नुहुन्छ, फेरि जो मान्छे तपाईसँग जिन्दगी बिताउन तयार भएको छ उहाँलाई छोड्नु भनेको त त्यो छोड्ने मान्छेको जिन्दगी बर्बाद हुनु हो । 

यो कुरा सेलिब्रिटी होस् वा जो सुकै सबैको जीवनमा असर भने पक्कै पर्छ । हुन त यो केसमा केटाहरुलाई सजिलो छ अर्को विवाह गर्न । केटी मान्छेलाई भने समाजले दिँदैन । यो दुःख लाग्दो कुरा । सक्दो डिभोर्स नभए पनि हुन्थ्यो नभए निर्णय लिनु अघि नै कानुन बन्नुपर्यो कि बिहे भएपछि पच्चिस वर्षसम्म डिभोर्स हुन नपाउने । त्यो भयो भने यसबाट कोही सर्तक हुन्छन् कि । 

-उज्यालोगफगाफ डट कमको सहकार्य

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया