MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​इरानको आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई रुसको चेतावनी

पुस २० –रुसले इरानमा भैरहेको आन्दोलनमा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ । 

रुसका उपविदेशमन्त्री सर्गेइ र्‍यावकोभले अमेरिकाले इरानमा भएको आन्दोलनलाई थप उचाल्ने काम गरिरहेको भन्दै इरानलाई विवादमा फसाएर आणविक सम्झौतामा छायाँमा पार्न खोजेको आरोप लगाउनुभएको छ । 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिजो अमेरिकाले इरानसँग दीर्घकालीन सम्भौता गर्न चाहेको प्रसंगलाई लिएर रसियाली कुटनीतिज्ञको यो भनाइ आएको हो । रुसले इरानको आन्तरिक मामिलामा हस्तक्षेप नर्गन सचेत गराएको उपविदेशमन्त्री र्‍यावकोभले बताउनुभयो । 

मुल्यवृद्धि र भ्रष्टाचार नियन्त्रणको माग गर्दै इरानमा एकहप्तादेखि आन्दोलन चर्किएको छ । अमेरिकी राष्ट्रपतिले आन्दोलनकारीको पक्षमा ट्वीट गरेपछि इरानको आन्दोलन दुई भागमा बाँडिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस