MENU

मनोरञ्जन

ujyaalo forign call inside

‘कान्छी’ को दोस्रो गीत ‘यो जीउ दाउमा लाउने मैले’

काठमाडौं, पुस २१ – अभिनेत्री श्वेता खड्काको निर्माण रहेको चलचित्र ‘कान्छी’ को दोस्रो गीत सार्वजनिक भएको छ । लोकलयमा आधारित गीत ‘यो जीउ दाउमा लाउने’ युट्युबमा सार्वजनिक भएको छ । 

दयाराम पाण्डे शब्दरचना रहेको यो गीत बिहीबार युट्युबबाट सार्वजनिक गरिएको हो । अहिलेसम्म सात लाख भन्दा धेरैपटक हेरिएको छ । धमेन्द्र सेवानले गाएको गीतमा श्वेता खड्का र दयाहाङ राईसहितका कलाकार नाचेका छन् । 

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि विक्षिप्त बनेकी श्वेता आफ्नै चलचित्र ‘कान्छी’ बाट चलचित्र क्षेत्रमा फर्केकी छन् । आकाश अधिकारीको निर्देशन रहेको चलचित्र ‘कान्छी’ मा श्वेता खड्का, दयाहाङ राई, आशान्त शर्मा, अनु शाह, कमलेश्वर चौरसिया, निर शाह, भूमिका श्रेष्ठ, सुजल गिरीलगायतका कलाकारको अभिनय रहेको  छ । 

शिव श्रेष्ठ र शर्मिला मल्ल अभिनित कान्छी चलचित्र ३३ वर्षअघि नै बनेको थियो । त्यही चलचित्रको नाम सापटी लिएर नायिका श्वेता खड्का चलचित्र ‘कान्छी’ बनाएकी हुन् । चलचित्र आउँदो माघ २६ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । कान्छीको यसअघि चरी चट्ट परी बोलको गीत सार्वजनिक भएको थियो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया