MENU

मनोरञ्जन

ujyaalo forign call inside

हलमा नयाँ : ‘राज्जा रानी’ लाई चुनौती दिँदै ‘फिर्के’, साथमा दुई हलिउड चलचित्र

काठमाडौं, पुस २१ – शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा घरेलु चलचित्र ‘फिर्के’ र  ‘राज्जा रानी’ एकैसाथ प्रदर्शनमा आएका छन् । फरक–फरक कथावस्तु बोकेर एकैसाथ सिनेमा घरमा आएका यी दुवै चलचित्रबीच निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

‘फिर्के’ मा सुलेमान शंकर, ऋचा शर्मा, उज्ज्वल भण्डारी, विष्नु सापकोटालगायतका कलाकारले अभिनय गरेका छन् । ‘इकु’ र ‘इकु २’ मा काम गरिसकेका ‘इकु’ नामले परिचीत सुलेमान यसमा भने फरक शैलिमा देखिएका छन् ।

ओमलाल गुरुङ र राजेश श्रेष्ठ निर्माता रहेको यस चलचित्रलाई रबी डङ्गोलले निर्देशन गरेका हुन् । आफैसमेत हास्यकलाकार रहेका डंगोलले यसअघि नेवारी भाषाका चलचत्रि निर्देशन गरिसकेका छन् । कथाकार अभिमन्यु निरवीको लेखन रहेको ‘फिर्के’ लाई रामकुमार केसीले छायांकन गरेका छन् । यस चलचित्रको ‘चट्टै शीरैमा शीरबन्दी’ नामको गीत हिट भइसकेको छ । गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर रहेको छ भने कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।

त्यस्तै शुक्रबार नै प्रदर्शन भएको अर्को नेपाली चलचित्र ‘राज्जा रानी’ मा दमदार अभिनय गर्दै आएका नाजीर हुसैन र केकी अधिकारीको मुख्य भुमिका रहेको छ भने कामेश्वर चौरसिया, दिपक क्षेत्री, अरुण रेग्मीलगायतका कलाकारको अभिनय देख्न सकिन्छ । यस चलचित्रले विशेष गरी तराई मा विद्यमान रहेको दाइजो प्रथालाई आफ्नो विषयवस्तु बनाएको छ ।

यम थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । रमेश एमके पौडेल निर्माता र आर्यन पौडेल सह निर्माता रहेको यस चलचित्रको ‘चिप्पक चिप्पक’ नामक गीत युट्यूबमा झण्डै १३ लाख भन्दाबढी पटक हेरिएको छ । गीतमा गायक नरहरी प्रेमी र गायिका सुिमना लोको स्वर रहेको छ भने विक्रम स्वारले नृत्य निर्देशन गरेका छन् ।

यस हप्ता बलिउडका कुनै पनि चलचित्र सार्वजनिक नभएकाले यी दुई नेपाली चलचित्रलाई सहज हुने देखिएको छ । यसअघि नै प्रदर्शनमा आएको सलमान खानको एक था टाइगरलाई अझै पनि दर्शकले साथ दिइरहेको भए पनि नयाँ चलचित्र नभएकाले त्यसको फाइदा घरेलु चलचित्रले उठाउन सक्ने देखिन्छ । 

त्यस्तै शुक्रबारदेखि नै दुईवटा हलिउड चलचित्र प्रदर्शनमा आएका छन् । हलिउडमा बहुप्रतिक्षित चलचित्रका रुपमा रहेको इन्सिडियस : द लास्ट की हरर जान्राको चलचित्र हो । यो इन्सिडियसकै चौथो भाग पनि हो । चलचित्रको ट्रेलर नै राम्रो बनेकाले यसलाई दर्शकले मन पराउने छन् भन्ने आशा गर्न सकिन्छ ।  ले ह्वानेलको लेखन रहेको यस चलचित्रलाई निर्देशन गरेका छन् आडम रोबिटेलले । जोसेफ बिशाराको संगीत रहेको यस चलचित्रमा लिन शे, एंगस स्याम्पसन, लेहवानेल, जोश स्टेवार्टलगायतका कलाकारको अभिनय रहेको छ । 

त्यस्तै शुक्रबारदेखि नै नेपाली हलहरुमा लागेको अर्को हलिउड चलचित्र हो द ग्रेटेस्ट शोम्यान । माइकल ग्रासीले निर्देशन गरेको यो सांगीतिक चलचित्र हो । यो चलचित्र पिटी बार्नमको बार्नम एण्ड बेली सर्कस कथाबाट प्रभावित भएर बनाइएको हो । यस चलचित्रमा ह्युग ज्याकम्यान, ज्याक एफ्रोन,रेबेका फर्गुसनलगायतका कलाकारकोे अभिनय रहेको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया