MENU

अन्तर्राष्ट्रिय

के महिनावारी भएका बेला अब भारतीय महिलाले बिदा पाउँछन् ?

पुस २१ –भारतमा महिनावारी भएको बेला महिलालाई कार्यालयमा छुट्टी दिने कि नदिने भन्ने बहस सुरु भएको छ । 

अरुणाञ्चल प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद निनाङ एरिङले लोकसभामा महिनावारी भएको बेला महिलालाई छुट्टी दिनु पर्ने कानुन बनाउन संसदमा विधेयक दर्ता गरेपछि बहस चर्किएको हो । कांग्रेस सांसद एरिङले पेश गरेको यो विधेयक भारतीय संसदकै इतिहासमा महिलाको मासिक धर्मसँग सम्बन्धित पहिलो  विधेयक हो । 

विधेयकमा सरकारी तथा निजी कार्यालयमा काम गर्ने महिलालाई महिनामा २ दिन महिनावारी बिदा दिनु पर्ने प्रस्ताव गरिएको छ । महिनावारी हुँदा महिलालाई पीडा हुने हुँदा उनीहरुलाई आराम दिनु पर्नेमा सांसद एरिङको जोड छ । 

सांसद एरिङले आफ्नो घर परिवारका महिलाको दुःख देखेर नै यो विधेयक संसदमा ल्याएको बताउनुभएको छ । उहाँको यो विधेयक संसदबाट पारित भएमा भारतका कामकाजी महिलाले महिनामा दुई दिन महिनावारी बिदा पाउने छन् ।

एरिङलाई कतिपयले पुरुष भएर महिलाको बारेमा यति धेरै किन टाउको दुखाएको भनेर पनि प्रश्न गरेका छन् । उहाँ भन्नुहुन्छ, ‘केही व्यक्तिले मलाई महिलाहरुको व्यक्तिगत कुरामा यति धेरै किन चासो देखाएको भनेर सोधेका थिए । के म एउटा पुरुष भएर महिलाको समस्या बुझ्न सक्दिन ?’

महिनावारी भएको समयमा महिलालाई मानसिक तथा शारीरिक दुवै किसिमका पीडा हुने उहाँले बताउनुभयो । युनिभर्सिटी कलेज अफ् लण्डनका रिप्रोडक्टिभ हेल्थका प्रोफेसर जोन गिलबाडले गरेको एउटा अनुसन्धानका अनुसार कतिपय अवस्थामा महिनावारीको समयमा भएको दुखाईले हृदयघातसम्म हुन सक्ने बताइएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया