MENU

बातावरण-कृषि

इलाममा एक सय ६ मेट्रिक टनले सुन्तला उत्पादनमा वृद्धि

इलाम पुस २१ –इलाममा सुन्तला उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क अनुसार आव २०७३/०७४ मा तीन हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

जुन गएको आवको तुलनामा एक सय ६ मेट्रिक टनले बढी हो । गएको आवमा जिल्लामा ३ हजार पाँच सय २३ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्लाका सुम्बेक, नामसालिङ, जिर्मले, सोयाङ, बरबोटेलाई सुन्तलाको व्यावसायिक खेती हुने क्षेत्र मानिन्छ ।

यस्तै सोयाक, गोदक, इलाम नगरपालिका, पशुपतिनगर, कन्याम र लक्ष्मिपुरमा समेत सुन्तलाको खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा साहले बताउनुभयो ।

सुन्तलामा ग्रिनिङ सिट्स जस्ता भाइरल रोग देखा परेपछि जिल्लाका धेरै गाऊका सुन्तलाका बगानहरु मा समस्या देखा परेका छन् । रोगका कारण उत्पादकत्वमा भने कमी आएको छ । गएको वर्ष ११ दशमलव २८ छ भने यस वर्ष १० दशमलव ६७ रहेको अधिकृत साहको भनाई छ ।

जिल्लाको ३५० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । गत वर्ष भने ३४० हेक्टरमा सुन्तला खेती गरिएको जिल्ला कृषि विकास कार्यालय इलामले जानकारी दिएको छ । 

 

 

 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया