MENU

अन्तर्राष्ट्रिय

ujyaalo forign call inside

रुसले गर्‍यो अमेरिकाको आलोचना

पुस २२ – इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनको विषयमा अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा छलफल गर्न बाध्य पारेको भन्दै रुसले आलोचना गरेको छ ।

आन्तरिक मामिलामा यसरी चासो दिँदा संयुक्त राष्ट्रसंघको उच्च निकायको विश्वसनीयता र प्रभावकारीता गुम्ने भन्दै रुसले अमेरिकाको आलोचना गरेको हो । इरानमा गएको हप्ता मूल्य बृद्धि तथा खस्किँदै गएको जीवनस्तरको विरोधमा सुरु भएको प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रुप लिएको छ ।

अमेरिकाले प्रदर्शनकारीको समर्थन तथा सरकारको विरोधमा आवाज उठाउँदै आएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले प्रदर्शनको समर्थन गर्दै बहादुर नागरिकको शक्तिशाली प्रदर्शन रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । त्यसको लगतै रुसी राजदूत वासिली नेबेन्जियाले इरानको प्रदर्शन आन्तरिक मामिला रहेको र सुरक्षा परिषदले हात हाल्नु आफ्नै विश्वसनीयता गुमाउनु रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूतले अमेरिकाले सुरक्षा परिषदको स्थायी सदस्यका रुपमा आफूले पाएको अधिकारको दुरुपयोग गरेको बताउनुभयो । इरानमा भइरहेको प्रदर्शनको क्रममा अहिलेसम्म कम्तिमा २१ जनाको ज्यान गएको छ ।

इरानमा भइरहेको प्रदर्शनका बारेमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको आकश्मिक बैठक बोलाएको हो । यसमा रुसले आलोचना गरेको हो । अरु देशले भने अमेरिकाको कदमको आलोचना गरेका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया