MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रदेश राजधानी तत्काललाई नतोकिने

काठमाडौं, पुस २२ – सरकारले अस्थायी राजधानी नतोकिकन प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख नियुक्त गर्ने तर अस्थायी राजधानी भने नतोक्ने वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अस्थायी राजधानीको विषयमा विवाद बढ्दै गएपछि सरकार पूर्व तयारीबाट पछि हटेको हो । संविधानअनुसार प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई रहेकाले सरकारले यसबारे निर्णय नगर्ने मन्त्री विश्वकर्माले उज्यालोलाई जानकारी दिनुभयो ।

तर संविधानमा भने प्रदेशसभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने उल्लेख छ । संविधानमा तोक्न सक्नेछ मात्रै भनेको, तर तोक्नैपर्ने अनिवार्य नभएको मन्त्री विश्वकर्माले बताउनुभयो । यसअघि सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेपनि बिभिन्न ठाउँमा आन्दोलन हुन थालेपछि सरकार पछि हटेको हो ।

एमाले र माओवादीले पनि अस्थायी राजधानीबारे सुझाव नदिएपछि सरकारलाई अप्ठ्यारो परेको थियो । मन्त्री विश्वकर्माका अनुसार हाललाई सातवटै प्रदेश प्रमुखहरुको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी छ ।

प्रदेशसभाका सांसदहरुले काठमाडौंमै शपथ ग्रहण गर्नेछन् । सांसदहरुले सपथ ग्रहण गरेपछि प्रदेशसभाको बैठक काठमाडौंमै बस्ने र प्रदेशसभाले नै राजधानी तोक्नेगरी सरकारले तयारी अघि बढाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया