MENU

बातावरण-कृषि

सोलुखुम्बुमा किवी र भुर्इँ स्याउ प्रशोधन केन्द्र खुल्ने

सुबास दर्नाल/उज्यालो ।

सोलुखुम्बु पुस २२ – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–१ को नेले बजार नजिकै प्रशोधन केन्द्र खुल्ने भएको छ । कृषि विकास मन्त्रालय मार्फत बागवानी केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा एनप्याक प्राइभेट लिमिटेडले किवी र भुईँ स्याउ प्रशोधन केन्द्र खोल्न लागेको हो ।

किवी र भुईँ स्याउको प्रशोधन केन्द्र खोल्नका लागि बिहीबार मात्रै स्थलगत अनुगमन गरिएको बागवानी केन्द्र फाप्लुका सूचना अधिकारी प्रविणलाल श्रेष्ठले जानकारी दिनुभयो । बागवानी केन्द्रका प्रमुख चन्द्रमान  श्रेष्ठको संयोजकत्वमा कृषि विकास कार्यालय सोलुखुम्बुका वरिष्ठ कृषि विकास अधिकृत नेत्र भण्डारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक पूर्णराज कार्कीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेपछि प्रशोधन केन्द्र खोल्नको लागि ठाउँ उपयुक्त भएको निष्कर्ष निकालेको छ ।

बागवानी केन्द्रको ७५ लाख बजेट रहेकोमा संस्थाले गरेको काम अनुसारको भुक्तानी गरिने सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । चालु आर्थिक वर्ष २०७४÷०७५ भित्र प्रशोधन केन्द्र स्थापना गरिसक्नुपर्ने छ । प्रशोधन केन्द्रमा बजारमा बिक्री हुन नसकेका विभिन्न फलफूल प्रशोधन गरेर जुस, जाम लगायत सामग्री तयार गरिने छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया