MENU

यो पनि समाचार

ujyaalo forign call inside

हप्तौँसम्म मृत मालिकको छेउमा कुरुवा कुकुर

पुस २२ – हंगेरीमा एउटा कुकुरले निधन भएकी मालिकको छेउमा बसेर हप्तौँ बिताएको छ । बुडापेस्टमा रहेको फ्ल्याटमा जाजा नाम गरेको ९ वर्षको कुकुर निधन भएकी आफ्नी मालिक्नीको छेउमा बसेको अवस्थामा बुधबार भेटिएको हो । जाजा गम्भीर रुपले कुपोषित अवस्थामा भेटिएको बुडापेस्टका पशुपक्षी संरक्ष अधिकारीले बताएका छन् । जाजाकी मालिकनी, जो ६० को दशकमा थिइन् उनको प्राकृतिक कारणले निधन भएको थियो । उनको निधन भएपछि पनि जाजा साथैमा बसेको भेटिएको हो ।

बृद्ध महिलालाई धेरै दिन नदेखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेन्टको ढोका फोरेर भित्र पस्दा महिलालाई मृत अवस्थामा तथा जाजालाई उनकै छेउमा बसेको भेटिएको हो ।

केही दिन अझै नभेटेको भए जाजाको निधन हुने खतरा रहेको प्रहरीले जनाएको छ । अहिले जाजालाई उद्धार गरेर राखिएको छ । जाजाले अहिले पुच्छर हल्लाउन सक्ने भएको उद्धारकर्ताले बताएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया