मनोरञ्जन
नाम होस्,बद्नाम होस् तर जिन्दगी गुमनाम नहोस्
- Saturday, Jan 06, 2018
- 11:57 AM ( 4 months ago )
- Total Views: 2.2 K
कमल साउद/उज्यालो ।
काठमाडौं, पुस २२ – परदेशमा रहेर पनि नेपाली संगीत क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक हुन्, समिर आचार्य । दाङमा जन्मिएका आचार्य गएको १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । आचार्यले विदेशमा बसेर पनि नेपाली संगीतमा निरन्तर लागिरहेका छन् ।
२०६० सालमा दाङको स्वर्गद्वारी एफएममा पप गीतको कार्यक्रम सञ्चालन गरी आफ्नो करियर सुरु गरेका आचार्य पछिल्लो समय राम्रो गायकका रुपमा आफूलाई चिनाउन सफल भएका छन् । नेपालमै पहिलो पटक लोक गीतमा विद्यावारिधी गरेका पिता डा. गोविन्द आचार्यको छत्रछायाले आफूलाई संगीत प्रति रुची बढाएको उनी बताउँछन् । समिरको बालापन गीत संगीतसँगै हुर्किएको हो । आफ्नो होस सम्हालेदेखि नै गीत गाउन सुरु गरेको बताउने आचार्य औपचारिक रुपमा भने ‘ओठमा लाली ए काली काली’ गीत मार्फत सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन् ।
युवावर्गलाई लक्षित गरेर गीत गाउने आचार्य आफूलाई पप गायक भन्न रुचाउँछन् । तर उनको गीतमा कहीँ न कहीँ लोक लयको स्वाद पाइने गरेको छ । जुन आफ्ना पिताबाट स्वतः आफूमा आएको उनी बताउँछन् । आचार्यले पछिल्लो समय ‘होइन भन्देउ न माया’, ‘मेरो दुनिया बेग्लै छ’, ‘घिन घिन बज्यो मादलु’, ‘तमलाई चट्ट सलाम छ’, ‘मेरो स्टाइल यस्तै छ’ जस्ता हिट गीतहरु दिँदै आइरहेका छन् । उनका सबै गीतहरु अहिले लोकप्रिय छन् ।
आचार्य भन्छन्, ‘संगीतमा टिक्न वा चर्चा कमाउन स्वर राम्रो भएर मात्रै पुग्दैन । दर्शक तथा श्रोताले कस्तो गीत रुचाउँछन् त्यसै अनुसारको गीत गाउन सक्नुपर्छ ।’ उनले भने, ‘हाल शिव परियार, प्रमोद खरेल, रामकृष्ण ढकाललगायतका नेपालका चर्चित गायकहरुले पनि डान्सिङ बिटका गीत गाइरहेका छन् । समय अनुसार सबै गायक स्रोता तथा दर्शक के रुचाउँछन् त्यसमा अपडेट भइरहेका छन् ।’
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजमा आबद्ध भएर नेपालका कलाकारलाई विदेशमा हुने कार्यक्रममा सहभागी गराउँदै आएका आचार्य आफै पनि देश तथा विदेशमा हुने कार्यक्रममा संलग्न हुँदै आइरहेका छन् ।
पढाई, जागिर र संगीतलाई सँगसँगै अघि बढाएका आचार्यले प्रायजसो गीतहरु अष्ट्रेलियाको सिड्नीमै रेकर्ड गर्ने गरेका छन् । अष्ट्रेलियामा स्थायी बसोबासका लागि प्रमाणपत्र प्राप्त गरिसकेका आचाार्य समाजसेवामा पनि लाग्ने गरेका छन् । उहाँले आफ्नो पहिलो एल्बमबाट आएको पैसाले दाङमा रहेका पीछडिएको जाति बादी समुदायका बालबालिकाहरुलाई शिक्षा आर्जन गर्न आर्थिक सहयोग समेत गर्दै आइरहेका छन् ।
सम्बन्धित सामग्रीहरु
-
करण जोहरको फिल्ममा करिनाका साथ सिद्धार्थको रोमान्स
वैशाख ९ – बलिउडकी अभिनेत्री करीना कपूर खान करण जोहरको फिल्ममा अभिनेता सिद्धार्थ मल्होत्रासँग काम गर्ने पक्का भएको छ ।
-
बद्रीको गीतमा आमाहरुले डाँको छोडेपछि...
बझाङ, वैशाख ८ – ‘अहिलेको सालमा नी आमा घरमा आँउदिन...’ स्टेजमा उक्लिएर भावुक हुँदै बद्री पंगेनीले गीत गाउन सुरु गरे ।
-
टाइम म्यागेजिनको प्रभावशाली सय व्यक्तिको सूचीमा दीपिका पादुकोण
वैशाख ७ – टाइम म्यागेजिनले संसारभरका १०० प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको छ ।
-
पाकिस्तानका अभिनेता जफरविरुद्ध यौन दुर्व्यवहार आरोप
वैशाख ७ – पाकिस्तानी अभिनेता तथा गायक अली जफरले धेरै बलिउड फिल्ममा काम गरिसकेका छन ।
-
सलमानको प्रेमिका बन्दैछिन् मौनी रोय
वैशाख ६ – सलमान खान अभिनित पछिल्ला फिल्महरुमध्ये ‘ट्यूबलाइट’ बाहेक हरेक फिल्म सुपरहिट भएका छन ।
-
जन्मदर्ता बिनै बालबालिकाहरु विद्यालयमा भर्ना
महोत्तरी, वैशाख १० – जन्मदर्ताको अभावमा विद्यालयसम्म पुग्न नसकेका गौशाला नगरपालिकाका दर्जनौँ बालबालिकाहरु आइतबार सामुदायिक विद्यालयमा भर्ना भएका छन् ।
- रोमाञ्चक जीत हात पार्दै चेन्नई शीर्ष स्थानमा
- सिटीको सम्मानमा गार्ड अफ अनर, ग्वार्डिओला भन्छन्– कीर्तिमान बनाउने हो
- आईपीएलमा कष्णप्पाले जिताए राजस्थानले हार्नै लागेको खेल
- सलाहलाई उत्कृष्ट खेलाडीको उपाधि
- चेल्सी एफ ए कपको फाइनलमा
- ट्राफिक प्रहरीका सईले महिलालाई एसिड छर्किए
- साढे ३३ किलो सुन प्रकरणमा पूर्व डिआइजी निरौला पक्राउ
- एन्फाको चुनाव वैशाख २२ गते हुने
- ओली भन्छन : देउवाले गति छाडे, जे पनि बोल्न थालेका छन्
प्रतिक्रिया दिनुहोस