अन्तर्राष्ट्रिय
जाम्बियामा हैजाको प्रकोपका कारण विश्वविद्यालय बन्द
- Saturday, Jan 06, 2018
- 14:32 PM ( 4 months ago )
- Total Views: 981
पुस २२ - जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ ।
विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ ।
जाम्बियाको राजधानी लुसाकामा रहेको जाम्बिया विश्वविद्यालय नै जाम्बियाको सवै भन्दा ठूलो विश्वविद्यालय हो । सो विश्वविद्यालय प्रशासनले हैजाकै कारण शुक्रबारदेखि सवै कामकारबाही बन्द गरिएको घोषणा गरेको हो ।
विश्वविद्यालयका रजिष्ट्रार सितली वामुन्डीलाले हैजाको प्रकोप नियन्त्रणमा नआए सम्म विश्वविद्यालय अन्तर्गतका कुनै पनि संकाय वा निकाय सञ्चालन नगर्न निर्देशन दिइएको बताउनु भयो ।
हैजाको प्रकोपले विषेशगरेर राजधानी लुसाका बढी प्रभावित भएको र बताइएको छ । विश्वविद्यालयको व्यवस्थापनले अब सो विश्वविद्यालय कहिलेदेखि खुला हुने हो भन्ने बारेमा भने केही पनि बताएको छैन ।
विद्यालय तथा कलेजहरु पनि बन्द भएपछि घर फर्किन लागेका विद्यार्थीहरुका लागि निःशुल्क यातायात सेवाको व्यवस्था गरिने रजिष्ट्रार वामुन्डीलाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख छ ।
जाम्बियाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक सय जनामा हैजाको प्रकोप देखिएको विवरणहरु प्राप्त भएको जनाएको छ ।
हैजाको प्रकोप सुरु भएदेखि अहिले सम्म २ हजार २४८ जना नागरिकलाई हैजा भएको विज्ञप्तिमा जनाइएको छ ।
स्वास्थ्यमन्त्री चितालु चिलुफियाले फोहोरका कारण पछिल्लो समयमा हैजाको प्रकोप फैलाउन सहयोग पुगेको बताउनुभएको छ ।
यसरी हैजा फैलाउने काममा सहयोग पु¥याएका लुसाका तथा वरपरका विभिन्न खाजा पसल ९फास्ट फुड० तथा केही होटलहरु पनि बन्द गराइएको बताउनु भयो ।
ती पसलहरुमा खाद्य पदार्थको गुणस्तर परीक्षण गर्दा हैजा फैलाउने खालको देखिएकाले बन्द गराइएको पनि उहाँले स्पष्ट पार्नुभएको लुसाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।- रासस
सम्बन्धित सामग्रीहरु
-
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
वैशाख १० – कहिलेकाहीँ मानिसले नगर्ने काम जनावरले गरेर सबैको मन जितेका हुन्छन् ।
-
किन बन्द गर्याे दक्षिण कोरियाले उत्तरतर्फ फर्काएर राखेका स्पिकर ?
वैशाख १० – दक्षिण कोरियाले उत्तर कोरियातर्फ फर्काएर राखेको स्पिकर बन्द गरेको छ ।
-
मासिँदै गएको कम्युनिस्टलाई जोगाउलान् त नवनिर्वाचित महासचिव येचुरीले ?
वैशाख ९ – भारतीय कम्युनिस्ट पार्टी(माक्सवादी) को महासचिवमा सिताराम येचुरी पुनः निर्वाचित भएका छ ।
-
काबुलमा आत्मघाती बम विस्फोट : कम्तीमा ३१ जनाको मृत्यु
वैशाख ९ – अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एउटा मतदाता नामावली दर्ता केन्द्रमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ३१ जनाको ज्यान गएको छ ।
-
चीनमा डुङ्गा पल्टिदा सत्र जनाको ज्यान गयाे
वैशाख ९ – चीनको दक्षिणी गुआङसी जुआङ स्वायत्त क्षेत्रमा दुई डुङ्गा पल्टिदा १७ व्यक्तिको ज्यान गएको छ ।
-
एसिड प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
चितवन, वैशाख ११ – गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
- प्रहरीले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ : गृहसचिव
- उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
प्रतिक्रिया दिनुहोस