MENU

विचार/अनुभूति

Ncell Axiata

प्लेनको टिकट किन्ने पैसा नभएपछि विश्वकप खेल्न स्थलमार्गबाट पाकिस्तान पुग्दाको दुःख

निरोज गिरी

हामीलाई काठमाडौं छोड्ने बेलामा नै शंका लागेको थियो, स्थलमार्गबाट हुन लागेको पाकिस्तानसम्मको चार दिने यात्रामा दुख पो पाइने हो कि भन्ने । कसैले हामीलाई काठमाडौंबाट बंगलादेश हुँदै पाकिस्तान वा काठमाडौंबाट दुवई हुँदै पाकिस्तान पुग्ने हवाई भाडा कसैले जुटाइदिएको भए यो दुखको शंका नै गर्नुपर्ने थिएन । 

तर हामीसँग हवाई भाडा तिर्ने पैसा भएन । त्यसैले बस र रेलको यात्रा गरेरै स्थलमार्गबाट भए पनि नेत्रहिन एकदिवसीय विश्वकप क्रिकट खेल्ने अठोटका साथ हामीले यात्रा तय गरेका थियौँ । खेलाडीहरु विश्वकप खेल्न यति आतुर थिए कि उनीहरु जस्तो सुकै कष्ट भोेगेर भए पनि गाडी र रेलमा काठमाडौंबाट पाकिस्तानको लाहोरसम्म जान तयार भए । 
 
हामीले पुसको १८ गते दिउसो विदाई कार्यक्रम सकेपछि त्यहिदिन बेलुकी यात्रा सुरु गर्‍ यौं । १८ गते बेलुका काठमाडौंबाट सुनौलीको रात्रीबस चढेका हामी २४ घन्टामा भारतको गोरखपुर पुगेका थियौं । उत्तरप्रदेशको गोरखपुरबाट अमृतसरसम्मको रेलको टिकट बुकिङ भइसकेको थियो । हामी ७ बजे रेल छुट्नुअघि गोरखपुर जक्सनमा उभिएका थियौं ।
 
 
तर त्यो दिन अत्याधिक हुस्सु लागेको र मौसम खराव भएकोले रेल नछुट्ने जानकारी पायौँ । अमृतसर जाने रेल कहिले छुट्ने हो कुनै अनुमान थिएन, हामी आकाशबाट खसेजस्तै भयौँ । रेल नचल्ने भएपछि पाकिस्तान कसरी पुग्ने ? कतै ढिलो पुगेका कारण पहिलो खेल नै गुम्ने हो कि भन्ने डर लागेको थियो । 
 
रेलको टुंगो नलागेकाले बसबाटै भए पनि भारतको राजधानी दिल्लीसम्म पुग्ने र दिल्लीबाट अमृतसरको रेल समात्ने योजना बनायौं । रातीको २ बजे गोरखपुरबाट बसमा हाम्रो दिल्लीको यात्रा सुरु भयो । 
 
मैले काठमाडौंमा एउटा ट्राभल्स चिनेको थिएँ । त्यहिँ ट्राभल्सको सहयोगमा दिल्लीबाट अमृतसरसम्मको हवाई टिकट पक्का भएपछि हाम्रो दिल्ली बस यात्रा सुरु भएको थियो । पैसापछि दिने सर्तमा ट्राभल्सका मालिक हामीलाई दिल्लीदेखि अमृतसारसम्मको टिकट दिन राजी भए, खुसी लाग्यो ।
 
यसै पनि दृष्टीविहिनहरुलाई हरेक कुरामा असहज नै हुन्छ । त्योमाथि पटक पटक बस बदल्नु पर्दा, दिसापिसाव लागेको बेलामा पनि बस नरोकिँदा, भनेको बेला खान र सुत्न नपाउँदा खेलाडी हैरान भैसकेका थिए । अझ त्यसमा गोरखपुरमा आधा रातसम्म भौतारिनु पर्दा खेलाडी तनावमा थिए । एकातिर मानसिक तनाव अनि अर्कोतिर शारिरिक रुपमा पनि अफ्ठेरो झेल्दा खेलाडी निराश देखिन्थे ।
 
हामी १८ घन्टाको बसयात्रापछि २० गते बेलुकी ५ बजेतिर दिल्ली पुग्यौं । रेल नछुटदाको पीडा, १८ घन्टे बसयात्रा, प्रतियोगिता छुट्ने डर लगायतका समस्याले हामी पीडित थियौं । २१ गते विहान ८ बजे हाम्रो दिल्लीदेखि अमृतसारसम्मको हवाइ टिकट थियो । हामी दिल्लीको एअरपोर्ट नजिकैको होटलमा बस्यौं । २१ गते विहान ५ बजे नै  हामी एअरपोर्टको लागि हिड्यौं । मौसम खराब भएकाले उडान पनि ढिला हुने हो कि भन्ने पीर थियो । तर हाम्रो भाग्य नै भन्नुपर्छ, जहाज ढिला भएन समयमै उड्यो । 
 
हामी विहानको साढे ९ बजेतिर हामी अमृतसार एअरपोर्टमा अवतरण भयौं । हामीलाई स्वागत गर्न पञ्जाव नेत्रहिन क्रिकेट संघका पदाधिकारी आएका थिए । खुसी लाग्यो । हामी अमृतसारमा एकछिन पनि ढिला नगरी भारत पाकिस्तानको सीमा वाघा बोर्डरतर्फ लाग्यौं ।  हामी २१ गते दिउँसो साढे ३ बजेतिर वाघा बोर्डर पुग्यौं । सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको रहेछ । हामीलाई वाघा वोर्डरमा अफ्ठेरो पर्ने हो कि भन्ने चिन्ता थियो । तर काठमाडौंमा रहेको पाकिस्तानी दुतावाससँग पर्याप्त समन्वय गरेर गएको भएर वाघा वोर्डरमा खासै समस्या भएन ।
 
पाकिस्तानको वोर्डरमा हामीलाई लिन पाकिस्तान नेत्रहिन क्रिकेट काउन्सिलका मान्छे आएका थिए । पाकिस्तान पुग्दा हामी निकै खुसी भयौं । एकैछिन हामीले बाटोमा पाएको दुख पनि भुल्यौं । हामी २१ गते बेलुका ५ बजे लाहोरको होटलमा पुग्यौं । हामीलाई भव्य स्वागत भयो । होटलमा पुगेर सबै खेलाडीले सोचिरहेका थिए, ‘हामीलाई बोर्डमा कुनै समस्या परेको भए के हालत हुँदो हो त ।’
 

सहयोग संकलनले दिएको खुसी

गोरखपुरमा खराव मौसमका कारण रेल रोकिँदा हामी भौतारिरहेका थियौं । त्यसै क्रममा उज्याला अनलाइनमा नेतृहिन क्रिकेटरहरु जहाजको टिकट नभएर रेलमार्फत नै पाकिस्तान गएको भन्ने समाचार देखेँ । समाचार सँगसँगै नेत्रहिन क्रिकेटरलाई सहयोगको कुरा पनि उत्तिकै उठिरहेको थियो ।  नेपाली क्रिकेट समर्थक समाजले जोडतोडले सहयोग संकलन गरिरहेको हामी सबैले थाहा पायौं । 
 
हाम्रा बारेमा आएका समाचार र संकलन भैरहेकोले सहयोगले हामी सबैलाई खुसी दियो । हाम्रो लागि पनि कोही त रहेछ भन्ने आभाष भयो । सरकारले नगरे के भयो त, नेतृहिनहरुलाई सहयोग गर्न हामी तयारी छौं जस्ता समाचार र पोष्टले हामीलाई सडकयात्राको दुख भुल्न प्रेरित ग¥यो । नेपालमा नेत्रहिन क्रिकेट पनि छ भन्ने थाहा नभएकाहरुले यसपटक थाहा पाएका छन् । 
 
हामीप्रतिको नेपालीले देखाएको मायाले खेलाडी उत्साहित भएका छन् । यति धेरै माया पाएपछि खेलाडीमा प्रतियोगिता जित्ने प्रेरणा झनै बढेको छ । आफूहरुलाई झनै उर्जा मिलेको खेलाडीहरु बताउँछन् । नेपाली सहयोगी मनहरुलाई निराश नबनाउने गरि खेल्ने उनीहरुले भरोसा दिलाएका छन् ।

 

नेत्रहिन क्रिकेट टोलीसँगै पाकिस्तान गएका अफिसियल निरोज गिरीसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • म्युचुअल फण्डको लगानी : दुवै हातमा लड्डु

    यो हप्ता (माघ २ गते) सिआइबिएल क्यापिटलले एक अरब रुपैयाँ संकलन गर्न अघि सारेको सिटिजन म्युचुअल फण्ड माघ ७ गते बन्द हुने सम्भावना छ । माघ २ गतेकै दिन एनआईसी एसिया क्यापिटलले पनि एनआइसी एसिया ग्रोथ फण्डको १ अर्ब रुपैयाँका १० करोड कित्ता युनिट (शेयर) बजारमा ल्याएको छ ।

  • मधुमेह भएका बिरामीले मृगौला परीक्षण नगराए के हुन्छ ?

    रगतमा चिनीको मात्रा बढी हुनु चिनी रोग हो । यसलाई डायबेटिज, मधुमेह वा सुगर रोगको नामले चिनिन्छ । मधुमेहका जटिलताहरुमा आँखा बिगार्नु, मुटु, नसा र मृगौला बिगार्नु पर्छन्, यसलाई मधुमेह सम्बन्धि मृगौला रोग भनिन्छ ।

  • कांग्रेस र मालेको गीर हान्ने खेल : चौका, छक्काको सट्टा ‘हल्ला’ !

    -यो त उबेलाको कुरा । अहिले गीर हान्ने खेल सबैले बिर्सिसके । त्योबेला कांग्रेस र माले भन्दै चरिमारेटार स्कुलको मैदानमा कुद्नेले पनि बिर्से । माघे संक्रान्तिमा हातमा लारी बोकेर ठूलो पाटा खोज्दै हिँड्नेले पनि बिर्से । खेल्नेले पनि बिर्से, लेख्नेले पनि बिर्सन लागे ।

  • छाउ हुँदा शौचालयको बास गर्नुपरेकोे त्यो क्षण !

    पछिल्लो दिन म गोठमा बस्न सकिनँ । आमाले भन्नुभयो, ‘अनि कता जान्छेस ? जसरी पनि ६ दिन त बस्नै पर्छ ।’ घरभन्दा टाढाको गोठमा जानु भन्दा घर नजिकैको शौचालयमा बस्न मलाई सजिलो भयो । शौचालय सानो थियो । खुट्टा तानेर सुत्न नमिल्ने थियो । त्यो शौचालयमा कसरी रात बिताउने ? आमाले मलाई पराल दिनुभयो । त्यो परालमाथि ओछ्यान लगाएर सुतेँ ।

  • बिर्सने रोग (डिमेन्सिया) के हो ?

    आफैले राखेको सामान एकछिनपछि कहाँ राखियो, बिर्सियो, कहिँ जान निस्किएको बाटो बिर्सने, एकैछिन अगाडि के भएको थियो यादै हुँदैन । यो समस्या धेरैलाई हुन्छ जसलाई मेडिकल भाषामा डिमेन्सिया भनिन्छ, बिर्सने रोग ।

सबै हेर्नुहोस